ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नं. ५ टिकाथली स्थित बाइक हस्पिटल नामक मोटरसाइकल ग्यारेज खोली बिभिन्न स्थानबाट मोटरसाईकल चोरी गरी ल्याई मोटरसाइकलको ईन्जिन तथा चेसिस समेतको किर्ते कागजात बनाई बिक्री गर्ने गिरोहलाई पक्राउ गरेको छ।

 पक्राउ पर्नेहरुमा जिल्ला सर्लाही बरहथवा न.पा ०२ घर  भई हाल जिल्ला ललितपुर महालक्ष्मी न.पा ०५ टिकाथली बस्ने वर्ष २३ को विशाल महतो जिल्ला सर्लाही बरहथवा न.पा ०२ घर  भई हाल काठमाडौजिल्ला  २३ नरेफाट बस्ने वर्ष २९ को भिम बहादुर अधिकारी जिल्ला रौतहट वृन्दावन न.पा ९ घर भई हाल काठमाडौको कोटेश्वर बस्ने वर्ष २७ को संजिव कुमार कुसवाहा रहेका छन।

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुर मातहत प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले ktm Duke  250 c - १ वटा
KTM Duke 200c - १ वटा,
Royal Enfield 350c - १ वटा, KTM adventure 250c- १ वटा
Bluebook - ३ थान सहित पक्राउ गरी प्रहरी वृत्त सातदोबाटोमा ल्याई चोरी तथा किर्ते मुद्दामा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ललितपुरका सुचना अधिकारी गौतम मिश्रले जानकारी दिनु भयो ।