ललितपुर प्रहरीले डाँका चोरीको मुद्दामा ११ बर्ष कैद भुक्तान गरी छुटन बित्तिकै पुन :चोरी गर्नेलाइ चोरीको गहना सहित पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा जिल्ला दोलखा भिमेश्वर नगरपालिका २ नागदह घर भई हाल जिल्ला काठमाण्डौ कागेश्वरि मनोहरा नगरपालिका ९ भिएस प्लानिङ बस्ने बर्ष ३२ को सजन कुमार श्रेष्ठ ,
जिल्ला सिन्धुपाल्चोक इन्द्रावति गाउपालिका ४ घर भई हाल जिल्ला काठमाण्डौ मनोहरा नगरपालिका ९ बस्ने बर्ष ३२ को प्रेम लामा रहेका छन । पक्राउ परेका लामा पटक पटक गरी ११ बर्ष कैद भुक्तान गरेर छुट्ने बित्तिकै पुन पक्राउ परेका हुन।
ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नं ६ सिद्धिपुर स्थित कृष्ण प्रसाद श्रेष्ठको घरबाट सुनचादीँ चोरी भएको मुद्दाको अनुसन्धानको लागि उपत्यका अपराध महाशाखा, प्रहरी परिसर ललितपुर तथा प्रहरी वृत सातदोबाटोबाट संयुक्त रुपमा खटिएको अनुसन्धान टोलीले अनुसन्धान गर्दै जादा केही व्यक्तिहरुलाई चोरी भएको गरगहना सहित पक्राउ गरी प्रहरी वृत्त सातदोबाटोमा ल्याई चोरी मुद्दा दर्ता गरी सम्मानित अदालतबाट दिन ५ म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी परिसर ललितपुरका सुचना अधिकारी गौतम मिश्रले जानकारि दिनु भयो ।


0 comment