काठमाडौँ - विशेष कार्यक्रमको आयोजना गरी ६१औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाइयो । दलित हकहितका लागि लडिरहेका अभियन्ताहरु अधिकारकर्मी पत्रकार नागरिक समाज लगायतको उपस्थितीमा माइतीघर मण्डलामा दलितमाथी हुने गरेका जातीय विभेदका विरुद्धमा सरकारलाई खबरदारी गरिएको हो । सोही खबरदारी कार्यक्रममा सहभागी भएका रास्वपाबाट नवनिर्वाचित सांसद खगेन्द्र सुनारले जातीय विभेदका विरुद्धमा सदन र सडक सबैतिरबाट आवाज उठाउन नछोडने बताए । 
सुनारले जातीय विभेदको मुद्धा पद सत्ता भन्दा पनि माथी रहेको बताउदै आफू दलितकै अधिकारका लागि लडेरै आएको र अवका दिनमा पनि झन सशक्त भएर लडिरहने उदघोष गरे । सुनारले सामाजिक न्यायका लागि आफ्नो प्रतिबद्धता दोहो¥याउँदै भने, ‘म सरकारमा होस् या नहोस्, जातीय विभेद विरुद्ध आवाज उठाइरहन्छु । हाम्रो आफ्नै नेतृत्वको सरकारले यदि यस विषयमा गलत गर्छ भने त्यसको विरुद्धमा पनि म निर्धक्क भएर आवाज उठाउने प्रतिवद्धता जनाए ।
सांसद सुनार दलितलाई खै भन्दै ४५ दिनसम्म त्यही माइतीघर मण्डलामा आमरण अनसन बसेका अभियन्ता हुन । जो आज सांसद छन । जातीय विभेदका विरुद्धमा आज दलित आयोगले पनि विशेष कार्यक्रम गरेको छ । त्यसतै अन्य सरोकार राख्ने पक्षहरुको पनि आज विभेद उन्मुलनको दिनमा कार्यक्रमहरु गरी विभेदको विरुद्धमा आवाज दिएका छन ।



0 comment