आईजीपी दान कार्कीले देशैभरका प्रहरी कर्मचारीहरूलाई संगठनको छवि सुधार्न र व्यावसायिकता कायम राख्न, जनताको मन जितेर कार्य गर्न निर्देशन दिनुभएको छ ।
निर्देशनको क्रममा आइजीपी कार्कीले अपराधी र आपराधिक गतिविधिमा संलग्न जोकोहीलाई पनि तत्काल पक्राउ गर्न र कुनै पनि शक्तिको दबाबमा नपर्न निर्देशन दिनुभएको छ ।
समाजमा शान्ति सुरक्षा कायम गर्न र आपराधिक क्रियाकलाप रोक्न माथिल्लो निकायको आदेश पर्खिरहनु नपर्ने र तत्काल एक्सनमा जान समेत निर्देशन गर्नुभएको छ ।
सर्वसाधारणसँग शिष्ट र सभ्य बोलीवचन प्रयोग गर्न तथा पीडितलाई न्यायको अनुभूति हुने गरी सेवा प्रवाह गर्न विशेष जोड दिइएको छ । कर्मचारीहरूले संगठनको आचार संहिता पालना गर्नुपर्ने, व्यक्तिगत स्वार्थमा नलाग्न र व्यावसायिक मर्यादा कायम राख्न निर्देशन ।
आइजीपी कार्कीले कर्तव्य पालनमा लापरबाही गर्ने वा गलत क्रियाकलापमा संलग्न हुने प्रहरी कर्मचारीलाई समेत कानूनी दायरामा ल्याई कडा कारबाही गरिने चेतावनी दिनुभएको छ ।


0 comment