धनुषा:जिल्ला धनुषा गणेशमान चारनाथ नगरपालिका ३ श्रीरामपुरबाट खैरो हेरोइन र सर्टगनको तीन राउण्ड गोली सहित एक युवक पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा प्रहरी टोलीले स्थानीय २० वर्षीय मुकेश दासको घरमा खानतलासी गर्दा लुकाई छिपाई राखिएको सर्टगनको तीन राउण्ड गोली बरामद गरेको हो ।
प्रहरीले उनले लगाएको ट्र्याकसुटको पाइन्टको खल्तीबाट ०.११० मिलिग्राम खैरो हेरोइन समेत बरामद गरी मुकेश दासलाई बरामद भएको लागुऔषध र गोली सहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।


0 comment