काठमाडौं - बागमती प्रदेश सरकारबाट नेकपा एमालेका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिइएको छ ।
एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारबाट राजीनामा दिएर बाहिरिन मन्त्रीहरूलाई निर्देशन दिएका हुन् ।
कांग्रेस एमाले सत्ता गठबन्धनमा समस्या उत्पन्न भएपछि एमालेले मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको हो ।
बागमती सरकारमा एमालेका ६ जना मन्त्री रहेका छन् ।
बागमती सरकारमा एमालेबाट उद्योग पर्यटन श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठ,कृषि पशुपन्छी वन तथा वातावरण मन्त्री मधुसूदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा दिनेशचन्द्र देवकोटा रहेका छन् ।
यसैगरी विना विभागीय तर्फ जयराम श्रेष्ठ, किरण थापा मगर र भरत बहादुर केसी मन्त्री रहेका छन् ।


0 comment