काठमाडौ:जिल्ला काठमाडौं तारकेश्वर न.पा. वडा नं. ७ फुटुङ एरियामा लागू औषध ओसार-पसार तथा वेचविखन भई रहेको भन्ने विशेष सूचनाको आधारमा यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले लागुऔषध सहित एक महिला सहित ३ जनालाइ पक्राउ गरेको छ।
 
जिल्ला काठमाडौं तारकेश्वर नगरपाल्लिका वडा नं. ७ फुटुङ स्थित लोक बहादुर जिरेल र सुनिता छन्त्याललाई नियन्त्रणमा लिई शरीर तथा घर-कोठाको खानतलासी गर्दा उक्त कोठा भित्र लागू औषध खैरो हेरोइन प्लाष्टिक सहितको तौल २५.८२ ग्राम, प्लाष्टिक हटाई तौल गर्दा २५.३९ ग्राम समेत बरामद गरेको हो।

 थप अनुसन्धानको क्रममा जिल्ला सप्तरी हनुमाननगर योगिनीमाई नगरपालिका वडा नं. ५ घर भई हाल जिल्ला ललितपुर ललितपुर महानगरपालिका  वडा नं. २६ सुनाकोठी दृश्यटोल बस्ने भागेश्वर कुमार मेहतालाई पक्राउ गरी शरीर र कोठाको खानतलासी गर्दा  कोठाबाट लागू औषध खैरो हेरोइन प्लाष्टिक सहितको तौल १९९ ग्राम र प्लाष्टिक हटाई तौल गर्दा १९१ ग्राम बरामद गरि  लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिमको कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौँ पठाईएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।