काठमाडौ:काठमाडौंको बुढानिलकण्ठ नगरपालिका १० कपन स्थित एक घरबाट सुन चाँदीको गरगहना चोरी गरी फरार भएका मानिसहरूको जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा जिल्ला नुवाकोट, बेलकोटगढी नगरपालिका १२ घर भई जिल्ला काठमाडौं, तारकेश्वर नगरपालिका ७ बस्ने वर्ष २७ को राहुल न्यौपाने, जिल्ला रामेछाप, लिखु गाउँपालिका ७ घर भई जिल्ला काठमाडौं तारकेश्वर नगरपालिका ७ बस्ने वर्ष ३२ को सनी तामाङ, जिल्ला ललितपुर, गोदावरी नगरपालिका २ मानडाँडा बस्ने वर्ष ४७ को दिपक दुतराज, जिल्ला काभ्रेपलान्चोक, रोशी गाउँपालिका ९ घर भई जिल्ला ललितपुर, ललितपुर महानगरपालिका २३ धापाखेल बस्ने वर्ष ३३ को श्याम बहादुर लामा रहेका छन।

प्रहरीले पक्राउ परेका ब्यक्तीहरुबाट बेरुवा औंठी थान- १, पथरी औंठी थान- १ चन्द्रमा थान- १०,पोतेमाला थान- १६,नौगेडी थान - ४,सानो तिलहरी थान- १, मोती हार थान- ६, टप थान- ६,चाँदी ५ तोला,सुनको सिक्री १०.४५ ग्राम,सुन बरामद २ तोला ९५ लाल,चाँदीको जस्तो देखिने ५ तोला ५९ लालको धातु थान- १ थान बरामद गरेको छ।

  काठमाडौंको तारकेश्वर नगरपालिका ६ जरङ्गुबाट चोरीको गरगहना सहित ४ जनालाई पक्राउ गरी चोरी तथा डाँका सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट दिन ५ को म्याद थप अनुमति लिई प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौका प्रबक्ता पवन कुमार भटटराइले जानकारी दिनु भयो।