प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न गर्न उत्कृष्ट भूमिका निर्वाह गरेको भन्दै आईजीपी दान बहादुर कार्कीले केन्द्रीय निर्वाचन सेलका प्रमुख एआईजी उमा प्रसाद चतुर्वेदी र उपत्यका प्रहरी कार्यालयका एआईजी ईश्वर कार्की सहितका अधिकृतहरूलाई पुरस्कृत गरेका हुन् ।
प्रहरी प्रधान कार्यालय स्थित कार्य विभागका डीआईजी अरुण पौडेल र प्रदेश कार्यालयका डीआईजीहरु सहित ६९ जनालाई नगद सहित पुरस्कृत गरिएको प्रहरी प्रवक्ता अबि नारायण काफ्लेले बताउनु भयो ।
पुरस्कृत हुनेमा केन्द्रीय निर्वाचन सेलका एसएसपीद्ववय दयानिधी ज्ञवाली, सुवास चन्द्र बोहरा, प्रदेश प्रहरी तालिम केन्द्र पोखराका एसएसपी जनार्दन जि.सी. र विपद् प्रतिकार्य तथा तालिम केन्द्रका एसएसपी सन्तोष कुमार भट्टराई छन् । फागुन २१ मा निर्वाचन हुनुअघि निर्वाचनबारे रणनीति तय गर्न गठन गरिएको विश्लेषण महाशाखाको नेतृत्व एसएसपी दयानिधी ज्ञवालीले गर्नु भएको थियो ।
पर्सामा निर्वाचन गराउन खटिएका एसपी नरेश राज सुवेदी, सुर्खेतका एसपी सुधिर राज शाही, बाँकेका एसपी अंगुर जिसी, झापामा कार्यरत एसपी बसुन्धारा खड्का, चितवनका एसपी गोविन्द पुरी, सिरहाका एसपी बासुदेब पाठक, डीएसपीद्ववय कौशल बुढाथोकी र द्ववारीका घिमिरे सहितका अधिकृतहरु पुरस्कृत भएका छन् । पुरस्कृत हुनेमा प्रहरी जवानद्वय सुजन कार्की र गन्दिप बहादुर कार्की लगायत छन् ।
सङ्गठनको नीति निर्देशनलाई अनुशासित, लगनशील, इमानदार र व्यावसायिक ढङ्गले पुरा गरेको भन्दै प्रहरी कर्मचारीहरूलाई १ हजार ९ सय देखी २ हजार ५ सयसम्म नगद पुरस्कार प्रदान गरिएको छ ।
पुरस्कार पाउनुहुने सम्पूर्ण आदरणीय सरहरुलाई हार्दिक बधाई तथा शुभकामना


0 comment