काठमाण्डौं उपत्यका अपाध अनुसन्धान कार्यालयको टोलिले ट्राभल एजेन्सीको नाममा करोडौ रकम ठगी गर्ने व्यक्तिहरु पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा जिल्ला सप्तरी कन्चनरुप नगरपालिका वडा नं. १२ घर भई हाल जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. २ गठ्ठाघर बस्ने वर्ष २६ को विवेक रेग्मी सहित ६ जना भारतिय नागरिकहरू रहेका छन। 

 जिल्ला सप्तरी कन्चनरुप नगरपालिका वडा नं. १२ घर भई हाल जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. २ गठ्ठाघर बस्ने बर्ष ३९ को हुसेन सैयद भारत देश तेलंगाना राज्य हैदरावाद, बोरण्डा थाना घर भई हाल जि. ललितपुर महालक्ष्मी नगरपालिका वडा नं. २ बालकुमारी बस्ने बर्ष ४४ को साजिद ओमर सैयद,भारत देश तेलंगाना राज्य हैदरावाद, बोरण्डा थाना घर भई हाल जि. ललितपुर महालक्ष्मी न.पा. वडा नं. २ बालकुमारी बस्ने बर्ष ३४ का महम्मद ईमरान,भारत देश तेलंगाना राज्य हैदरावाद, चारमिनार थाना घर भई हाल जि. ललितपुर महालक्ष्मी न.पा. वडा नं. २ बालकुमारी बस्ने बर्ष ३३ का मिर खालिद हुसेन, भारत देश तेलंगाना राज्य हैदरावाद, चारमिनार थाना घर भई हाल जि. ललितपुर महालक्ष्मी न.पा. वडा नं. २ बालकुमारी बस्ने वर्ष ४० रजाक महम्मद रहेका छन।

Sheertel Holidays Pvt. Ltd. नामको Travel Agency बाट सर्वसाधारण व्यक्तीहरुलाई युरोप, एसिया, अफ्रिका लगायत १७५ देशमा भ्रमणमा जानको लागी विभिन्न नम्बरबाट फोन गरी Travel Lottery परेको छ भनि झुक्यानमा पारी अत्यन्त सस्तो दरमा भ्रमण गराउने भनि विश्वास दिलाई पिडितहरुबाट रकम लिई भ्रमण नगराई रकम समेत फिर्ता नगरी ठगी गरेको आरोपमा पक्राउ गरेको हो ।

ठगी गरेको भन्ने सूचनाको आधारमा यस कार्यालयबाट प्रहरी टोली खटि गई प्रारम्भिक अनुसन्धान गरी सो कार्यमा संलग्नहरुलाइ काठमाडौको वडा नं. १० थापागाउँ, लाखेचौर मार्ग स्थित Sheertel Holidays Pvt. Ltd. को कार्यालयबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाण्डौं पठाईएको छ ।