काठमाडौ - जिल्ला काठमाडौं, नागार्जुन नगरपालिका ६ शरणपुर चोक नजिक एक होटेलमा लागु औषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले उक्त लागू औषध बरामद गरेको हो। पक्राउ पर्नेमा जिल्ला मकवानपुर, कैलाश गाउँपालिका २ घर भएको वर्ष २७ को देवराज घिसिङ सोही ठेगानामा घर भएको वर्ष ४३ को अष्तमराज घिसिङ रहेका छ्न।

 होटेलमा चेकजाँच गर्ने क्रममा लुकाइ छिपाई राखेको अवस्थामा निम्न परिमाणको  पोलेन लागु औषध ७३ केजी र  साढे २ केजी  लागु औषध गाँजा र पोलेन प्लास्टिकले बेरि लुकाई छिपाई राखिएको अवस्थामा प्रहरीले बरामद गरेको हो। 

 उक्त लागु औषध सहित पक्राउ परेका २ जनालाई काठमाडौं जिल्ला अदालतबाट दिन ५  को म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौका प्रबक्ता पवन कुमार भट्टराइले जानकारी दिनु भयो ।