काठमाडौं - गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता मनिषकुमार श्रेष्ठ र वासु खड्काले दायर गरेको रिटको पहिलो पेसी चैत २५ मा तोकिएको छ । 

चैत १ मा बसेको मन्त्रीपरिषद्को बैठकले गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको थियो ।५९ सदस्यीय राष्ट्रियसभामा सरकारको सिफारिसमा कम्तिमा एक महिलासहित तीनजना नियुक्त हुने संवैधानिक व्यवस्था छ। 

राष्ट्रपति रामचन्द्र पौडेलले पनि राष्ट्रिय सभा सदस्य सिफारिस भएका गृहमन्त्री अर्यालको नाम ‘होल्ड’ मा राखेका छन् ।