कैलालीस्थित शसस्त्र प्रहरी गुल्ममा छिरेर स्थानीय युवा तथा ब्यापारीले डीएसपीमाथि हातपात गरेका छन् ।
टिकापुरस्थित खक्रौला भन्सार नजिकै रहेको सशस्त्र प्रहरीको सुरक्षा गुल्म हेडक्वार्टरमा अवैध सामान नियन्त्रणमा लिएको विषयलाई लिएर स्थानीय युवा र केही ब्यापारी गुल्मभित्रै छिरेर सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदीप पालमाथि हातपात गरेका हुन् ।
त्यहाँका व्यापारीले भारतबाट ल्याएको सामान सशस्त्र प्रहरीले बरामद गरेको थियो ।


0 comment