काठमाडौं - जेष्ठ सदस्य अर्जुननरसिंह केसीले प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्ने भएका छन् । सभामुख चयन नभएसम्म ७८ वर्षीय केसीले बैठक सञ्चालन गर्ने र पहिलो बैठकले सभामुख चयनको कार्यतालिका तय गर्नेछ। संसद् सचिवालयले आन्तरिक तयारी अगाडि बढाएको छ ।
निर्वाचन आयोगले बिहीबार समानुपातिक तर्फबाट निर्वाचिन सांसदहरूलाई प्रमाणपत्र दिँदैछ भने सोही दिन राष्ट्रपति कार्यालयमा बुझाउने तयारी गरेको छ । । दलले पाएको मतका आधारमा निर्वाचित ११० जनाले बिहीबार विजयी भएको प्रमाणपत्र पाउने छन् ।
निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दलको मान्यता पाएका छन् । १८२ सिटसहित रास्वपा सबैभन्दा ठूलो दल हुँदा कांग्रेस ३८ सिटसहित दोस्रो, २५ सिटसहित एमाले दोस्रो र १७ सिटसहित नेपाली कम्युनिस्ट पार्टी तेस्रो दलको रुपमा रहेका छन् ।
यस्तै श्रम संस्कृति पार्टी ७ सिटसहित पाचौं दल हुँदा राप्रपा ५ सिटसहित छैठौं दलको रुपमा रहेको छ। एक जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।
संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार निर्वाचन आयोगबाट चैत ५ गते निर्वाचन प्रतिवेदन प्राप्त भयो भने भोलिपल्टको पत्रिकामा शपथको सूचना निकालिनेछ । स्रोतका अनुसार १२ गते शपथ गराउने तयारी छ । जेष्ठ सदस्यले राष्ट्रपतिसँग शपथ लिएपछि नवनिर्वाचित सांसदहरूलाई उनले नै शपथ गराउनेछन् ।


0 comment