– खेतु के. सी.
काठमाण्डौं – मंसीर ४ गते हुनगइरहेको निर्वाचनका लागि विभिन्न राजनीतिक दलका उम्मेदवारहरुले दैनिक गाउँ–गाउँमा चुनावी कार्यक्रम गरी मतदातालाई आफ्नो पक्षमा तान्न निकै सकस गरेको देखिन्छ, तर चुनावमा मत दिने मतदाताहरु भने खासै उत्साहित देखिदैनन् ।
किनभने घण्टौ लाइन लागेर भोट खसाउन जानु पर्ने, पार्टीका उमेदवारमा पनि कुनै आकर्षण छैन । स्वतन्त्र भनाउदा उमेदवारहरूको अनुहार हेर्दा देशको लागि केही गर्ने भन्दा भोलिका दिनमा आफ्ना लागि राजनैतिक च्याँखेदाउँ थापेर फाइदा लिने जस्ता मात्र देखिन्छन ।
जितेर गएपछि आफ्नै दुनो सोझ्याँउने काम मात्र नेताहरुले गरेको उनीहरुको भनाइ छ । नेताहरुले आफ्ना चुनावी वाचा पूरा नगर्दा भने मतदाता असन्तुष्ट छन् । वर्षाैदेखि प्रत्येक चुनावमा विकास निर्माणका योजना ल्याएर गाउँलेको जीवन नै परिवर्तन गर्ने आश्वासन दिने गरेको मतदाताहरु बताउँछन् । रोजगार, शिक्षा, स्वास्थ्य, विद्यालय, सडकलगायतको सुविधा मिल्ने र गाउँमा विकासको लहर ल्याउनेजस्ता नारा प्रत्येक चुनावका बेला हुन्छ तर उक्त आश्वासन नारामा मात्र सीमित हुने गरेको मतदाताहरुको गुनासो छ ।
पहिलेको भन्दा केही फरक भए पनि, केही परिवर्तन आए पनि अझ धेरै सकारात्मक परिवर्तनको खाँचो रहेको मतदाता बताउँछन् । दलका उम्मेदवार फेरि पनि आश्वासनको पोको लिएर घरदैलोमा पुग्न थालेका छन् । आफू जिते, गाउँगाउँमा सडक, स्वास्थ्य, खानेपानी, सिँचाइ, विद्यालयलगायत सबैमा आश्वासन फेरी दोहो¥याइरहेका छन् । निर्वाचन नजिकिएपछि गाडीमा आ–आफ्ना दलका झण्डा फहराउँदै उम्मेदवार गाउँ पस्न थालेका छन् । यस्तै दाङ्ग ढिकपुर घोराही उप नगरपालिकाका भेष बहादुर भन्नु हुन्छ, नेताहरुले जितेको भोलिपल्टदेखि नै विकासको लहर चलाउने भनिए पनि त्यो अनुसारको कार्य कमै मात्रामा गरेको देखेका छौँ ।
नाला, सडक, विद्मालयलगायतमा अझ सुधार हुन बाँकी छ । फेिर विभिन्न आश्वासन लिएर नेताहरु घरदैलोमा आइरहेका छन् । विश्वास गर्नुको विकल्प छैन तर यसपालि सोचेर मात्रै विकास गर्ने, गरिबलाई हेर्ने व्यतिmलाई भोट दिने निर्णयमा छु । यस्तै गरी दाङ्ग तेघरा निवासी शिव वहादुर वस्नेत भन्नु हुन्छ, ‘‘गाउँमा भोट माग्न आउँदा वर्षाैवर्षको चिनजान भएको जस्तो अपनत्व देखाउने गरेको भएपनि जितेपछि गुहार माग्न जाँदा चिन्दिन भन्छन् ।
बाटो बनाइदिने, एक घर एक रोजगारीको व्यवस्था गर्ने भनेर गए तर केही गरेनन् ।’’ गाउँभरिमा विद्यालय एउटा मात्रै छ त्यसमा पनि गुणस्तरीय पढाइ नहुने गरेकाले बालबालिकाको भविष्य अन्धकारमय भइरहेको छ । यतिबेला गाउँदेखि सहरसम्म उम्मेदवार भोट माग्ने चटारोमा छन् । चुनाव जित्नका लागि मधेश प्रदेशमा राजनीतिक दलहरुले चुनावी गठबन्धन गरेर अगाडि बढेका छन् । निर्वाचनको मिति नजिकिँदै गर्दा मधेश प्रदेशका राजनीतिक दलका उम्मेद्वारहरु आ–आफ्ना चुनावी अभियानलाई ग्रामीण क्षेत्रमा केन्द्रित गर्न थालेका छन् । लाउड स्पिकर, कार्यकर्तासहित भोट माग्दै जनताका घरदैलोमा उम्मेदवार पुग्न थालेका छन् ।
पछिल्लो समय चुनावमा पढे लेखेका राम्रा व्यक्ति पनि उम्मेद्वारको रुपमा देखा पर्दा केही आशा पलाएको उहाँको भनाइ छ । पहिले निर्वाचनका बेला गरेका कुराहरु कुनै पूरा नभएपछि यसपटक पनि विकासको नारा फलाक्दै हिडेका नेता तथा उम्मेद्वारहरुका कुरामा धेरैले खासै चासो देखाएको पाइँदैन ।
गाउँगाउँमा मतदाता शिक्षाको पनि अभाव रहेको देखिन्छ । प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारलाई के कसरी कस्तो मतपत्रमा मतदान गर्ने हो भन्ने तरिका पनि सिकाउन अझै उम्मेदवार र तिनका प्रतिनिधिहरु नआएको उनीहरु बताउँछन् ।
त्यसैले भोट हाल्ने जाने बिषयमा आफै अन्योलग्रस्त अवस्थामा रहेकोले परिवारका सदस्यलाइ भोट हाल्नको लागि उत्प्रेरणा जगाउन सक्ने अवस्थामा छैन, मतदाताहरुको भनाई छ ।

0 comment