– डा. जगदीशचन्द्र रेग्मी

काठमाण्डौं – नेपालको इतिहासलाई कहाँबाट आरम्भ गर्ने भन्ने आ–आफ्नो धारणमा भिन्नता हुन सक्दछ तर भारतबर्षको क्रमिकताको परिपे्रक्ष्यमा भन्ने हो भने आर्य र आर्येतिर जातिको आपसी सम्पर्ग र समन्वयका अग्रणी नेता ऋषिमुनिहरुबाट त्यसको थालनी क्रमिकता  पैल्याउन सकिन्छ । तिनै ऋषिमुनिहरुले  अग्रगामी भएर नयाँ नयाँ  भू क्षेत्रहरुमा  यज्ञ, सम्प्रदायको थालनी गरेर पृष्ठभूमी बनाइसकेपछि । मात्र आर्य जातिका राजाका राजनीतिक झण्डा फहराउन आरम्भ गर्थे । 

पश्चिम पञ्जाबतिरबाट क्रमशः पूर्वतिर बढ्दा ठाउँठाउँमा राजधानी बनाउँदै आर्यसभ्यताका केन्द्र स्थापित गर्दै अवध ( कोशल, अयोध्या ) मा आइपुगेर स्थिर भएर सूर्यवंशी राजाहरु केन्द्रभएपछि राजनीतिको स्थायी केन्द्र त्यही हुन गए पनि त्यहाँबाट निस्केका शाखाप्रशाखा नै इतिहासका दीपशिखा बन्न पुगेका छन् ।

गुरुपुरोहित गौतम रहुगणलाई साथ लिएर सूर्यवंशी राजपुत्र विदेह माधव गण्डकी पारि आएर राज्य स्थापना गर्छन् र त्यही नै नेपालको प्रथम ज्ञात राज्य हो । जनकपुरको मिथिला राज्य जसले  त्यस आदिकाल , भनौँ वि.सं. १००० तिर त्यस भेगका सभ्यताको निर्माण गरेको थियो । ब्रह्मविद्याको एक प्रख्यात केन्द्र त्यही हो र आर्दश आर्य महिला सीताको जन्मभूमि पनि ।

जनकपुर पछि काशीका राजकुमार –राजकुमारीहरुबाट कपिलमुनिको न्यानाृ छत्रछायामा कपिलवस्तुको शाक्य राज्य र रामग्राम देवदहका कोली राज्यको संस्थापना हुन्छ जसले गौतम बुद्धको तेजस्वी व्यक्तिहरुको संरचना ग¥यो र त्यो दैवी व्यक्तित्व अजर अमर रहिरहेछ । 
यता काठमाडौँ उपत्यकाका भेगतिर  पनि आदिकालमा गौतम आदि ऋषिगणले प्रवेश गरेका, त्यसपछि मात्रै गोपाल, महिषपाल र किरातहरुको राजकाज भएको र त्यसपछि लिच्छविहरुको निकै लामो र स्थायी शासन चलेको इतिहास (गोपालवंशावली) ले बनाएको छ । 
ऋिषिगणले सभ्यताको आरम्भ गरेको उदाहरण नेपालमा अन्य क्षेत्रहरुमा पनि पाइन्छ । उदाहरणका रुपमा नुवाकोटलाई ‘ऋषिपत्तन’ भन्ने चलन रहेका देख्दा स्पष्ट हुन सक्दछ । यस दृष्टिले भन्ने हो भने राजाहरुले  भन्दा कम योगदा ऋषिहरुले गरेको देखिँदैन । क्रान्तदर्शी ऋषिमुनिहरुको  दुरदृष्टि राजका चर्मचक्षु भन्दा सुक्ष्म त छँदै थियो । 

‘लिच्छविकाल’ लाई नेपालको इतिहासको ‘स्वर्णयुग’ भनिए पनि उक्त लिच्छवि राजवंशका आदिम पुस्ताहरु इतिहासका पात्रहरुको भिडभाडमा अलमलिएका छन् भलै माली गाउँमा पाइएको शक संवत् १०७ मा वि. सं २४२ को अभिलेख अंकित राजा जयवर्मा (जयदेव) को शालिकले सो वंशका प्रथम प्रतापी राजाको पुख्र्यौली  व्यक्तित्वलाई अमर बनाइदिएको छ । 

अगाडि बढ्दै जाने हो भने बुद्धधर्मतर्फ विशेष लहसिएका  बृषवेद र उनका पनाति मानदेव प्रथम सुकीर्ति इतिहासका पानामा सजिएका पाइन्छन् । अझ अगाडि बढ्यौँ भने  लिच्छविवंशका भानिज अंशुवर्मा अन्तराष्ट्रिय स्तरमा उभिएको पाउँछौ – उत्तरतर्फ भोटमा सभ्यताको विस्तारका संयोजकका रुपमा र भृकुटी हरितताराको प्रकाशनको पृष्ठभूमिमा ।

‘मध्यकाल’ जुनसुकै देशको इतिहासलाई दुई ढुङ्गाकाृ तरुलझैँ च्यापिएको पाइनु कुनै गजबको कुरा होइन भने पनि राजा राघवदेवले वि. सं. ९३७ मा नयँ सम्वत् (नेपाल संवत्) चलाउनै पर्ने केही कारण अवश्र्य फेला परेको होला । त्यस्तै वि.संं १०४४ ताका काष्ठमण्डपको स्थापना गर्ने र ‘कान्तिपुर’ का संस्थापक राजा गुणकामदेवलाई मध्यकालमै  चर्तिकला देखाउँनै प¥यो भने  त्यो मध्यकालको के दोष ? नरेन्द्रदेव ( वि.सं. ११९१–१२०२) ले साइत जुराएरै मछिन्द्नाथको जात्रा  गर्न सुरु गरेको घटनालाई पनि हेक्का नराखी सुखै छैन ।

मध्यकालीन नेपालको प्राचीनकालको समष्टि नेपाललाई राजनीतिज्ञ रुपले अँझ  सक्रिय बनाउने श्रेयको पगरी गुथेको कुरो मान्न अप्ठ्यारो नर्पला । त्यसै राजनीतिक परिपेक्ष्येलाई  कसैको विश्रृङखलित नेपाल भन्ने अवगाल नलगाउला भन्न सकिन्न । तर केन्द्रमा हर्षदेव राजा भएको बेला (ई. पू १८८५–१०९८) मा बारा जिल्लाको सिमरौनगढमा   कर्णाटवंसी नान्यदेवले राज्य थापेर एक इतिहासको आरम्भ नगरेको भए नेपालको एक भूमिखण्डले मैथिली संस्कृतिको गरिमा देखाउने पाउने नै थिएन । नान्यदेवको पहिलो ज्ञात मिति ई. १०९७ र उनका अन्तिम सन्तति हरिसिंहदेवको ई . १३२६ मा अवसान हुनुबीचको अवधिमा घटना क्रमको नेपालको इतिहासमा आफ्नै किसिमको ठाउँ छ भनेर नमानी सुख छैन । 

जुम्ला सिम्जाको भौगोलिक विकताको केन्द्रमा शिवदेव राजा भएको  समयमा ई. ११००–११५० को हाराहारी नागराजलाई एक सम्राज्यका स्प्नद्रष्टाको महत्वकाङ्क्षा बेर्होन, रोक्न असर्मथता प्रकट गरेको कुरा इतिहासले स्पष्ट्याएकै छ ।  क्राचल्ल, अशोहचल्ल, जितारि मल्ल , रिपु मल्ल र पुण्य मल्लका सम्राज्यीय प्रतापका नागराजा नै हुन् र  ती परमवीर साहसी खस पनि हुन् जसले तुर्की घोडाको फुर्तिलो चाललाई  माथ गरिदिएका थिए ।

खस सम्राज्यको मार्मिक अवसानको घडेरीबाटै क्रमैले जन्मियका बाइसी–चौबिसी, सेन, मुस्ताङ राज्यहरुको स्थापना र विकासलाई मूल्यांकन गर्ने दृष्टि दृष्टिमा फरका होला तर म भन्छु तिनले राजनीतिलाई  स्थायीकरण गरिदिए– जनताको आवाज नजिकैबाट सुनिदिन र जनजातिहरुलाई उनीहरुको वाजिक हक दिलाउन, नत्र काठमाडौँ उपत्यकामा केद्रित राजसत्ताले तिनको आवाज सुन्ने गर्दैनथ्यो । जनजातिका मर्यादाको सुनुवाई , जनजातिर र सर्वणहरुको समष्टिले नै मध्यकालीन इतिहास निर्मित भएको हो भन्न किन अप्ठ्यारो मानिरहने ? नेपालको एकिकरणको नवीनतम सफल प्रयोगमा गारखाली शाह राजाहरुले  सामाजिक विकासको  पृष्ठभूमिलाई समन्वयनको व्यवहारिकता प्रदान गरेर राजनीतिक शक्तिको संरचना तीक्ष्ण पारेको बुझिन्छ । राज्यको प्रथम संस्थापकको गौरव द्रव्य शाहाले सर्वेशर खनाल र केशव बोहोरालाई  समेत त्यसका सामेल गरेका र शाहावंशले राज्य अधिकारको  उत्ताधीकारी परम्परा  कायम रहेजस्तै ती ६ थरघर परिवारहरुले पनि त्यसकै पनि त्यस्तै  उत्ताधिकार शक्ति  वैधानीक रुपले प्राप्त गरेका थिए ।  यहाँ औल्याउनु पर्दैन कि ६ थर घरको  समष्टिको निर्माणमा र कुमाई वर्ग, २ उपाध्याय वर्ग , १ मगर वर्ग र १ खस वर्ग सामेल छन् । यो समष्टिले नेपालको एकिकरणका  विविध चरणहरु पार गर्न  गारखाली शाह राजाहरुलाई पूरापूर र सक्रिय सहयोग गरिआएको हो । 

गोरखाली शाहवंशको स्थापना लम्जुङको शाह राज्यका राजकुमार द्रव्य शाहलृ शक संवत् १४८१ (वि.सं. १६१६) भाद्र कृष्ण अष्टमी  बुधबारका दिन गोरखा राज्यको जग हालेपछि नेपालको इतिहासमा एक नयाँ अध्याय सुरु हुन्छ । यसै वंशका पछिका राजा श्री ५ पृथ्वी नारायण शाहाबाट विश्रृङखलित नेपालको  एकीकरण हुन पुग्ने घटना आधुुनिक इतिहासमा महत्वपूर्ण मोड सिद्ध भएको स्पष्टै छ ।  खस, मगर, गरुङ र ठकुरीहरु मात्र होइन बाहुनीहरुलाई पनि ‘खड्कासिद्ध’ गराएर गोरखाली वीरताको ध्वजा  फरफराउन थाल्ने सो चमतकारिक घटनाले  पछि गएर जसरि अन्तराष्ट्रिय छितिज व्याप्त गर्न थाले । त्यसले नेपाल बाहिर अनेकनन्  क्षेत्रहरुमा स–साना ‘नेपाल’ र ‘गोरखाल्याण्ड’ हरुको संरचना र संस्थापना गर्दै आएको छ र हामी नेपालीहरुको भ्रातृत्व विशाल र विस्तृत हुन पुगेको छ । 

यता, मध्यकालीन सङ्क्रमणबाट आधुनिकतामा नेपाल भूमिलाई पदार्पण गराउने भीमसेज थापालाई निरङ्कुश प्रशासक त भन्न सकिन्न तर त्यस्तो नभै धरहरा बन्नेै सक्तैनथ्यो भन्ने पनि लाग्छ । निरङ्कुश र आततायी प्रशासकहरु पनि इतिहासका पानामा विधाताको विधानमा कति निरीह ता सिंहदरबारको रुपमा देखिँदो रहेछ ।  पद्मशमशेर र मोहनशमशेरको घँुक्कघँुक्कको रुन्चे साइतमा  पनि प्रजातन्त्रकै जन्म हुँदो रहेछ । 

‘प्रजातन्त्र’ कै प्रयोगका अनेक घटनाहरुबीच विगत आधा  शताब्दीदेखि हामी पदचालन गरिरहेका छौँ.........।