काठमाडौं - महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको बारामतीमा चार्टर विमान दुर्घटनामा निधन भएको छ। उनीसँगै अन्य ४ जनाको पनि निधन भएको छ ।

महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवार चार्टर विमानमा सवार थिए। विमानमा उनीसँगै २ जना सुरक्षाकर्मी र  २ जना चालकदलका सदस्य सवार थिए।

नागरिक उड्डयन महानिर्देशनालयका अनुसार प्रारम्भिक जानकारीअनुसार विमानमा सवार कोही पनि जीवित छैनन्।

बुधबार बिहान बारामती हवाई पट्टीमा अवतरण गर्ने क्रममा विमान दुर्घटनाग्रस्त भएको हो। दुर्घटना लगत्तै उद्धार कार्य सुरु गरिएको थियो । एम्बुलेन्स र आपतकालीन टोलीहरू घटनास्थलमा पुगेर घाइते तथा प्रभावित व्यक्तिहरुको उद्धार गरेको थियो ।

अजित पवार बारामतीमा आयोजना गरिएका विभिन्न सार्वजनिक कार्यक्रममा सहभागी हुनका लागि विमानबाट गएका थिए ।