विनोद पण्डित
काठमाण्डौं – मंसीर ४ गते हुनगइरहेको निर्वाचनको बिषयमा म बडो अन्योलग्रस्त अवस्थामा छुँ । किनभने यस भन्दा पहिलेका निर्वाचनमा पनि मेरो परिवारका सदस्यहरू भोट हाल्न जाने सम्बन्धमा अत्यन्त उदासीन थिए । उनिहरूको एउटै मत थियो'किन घण्टौ लाइन लागेर भोट खसाउन जानुपर्यो जसले जिते पनि हामीलाइ केही फरक पर्ने होइन'। मैले सधैभरि प्रजातन्त्रमा मताधिकारको प्रयोग महत्वपूर्ण हुने र यसबाट देशको बिकासमा पनि असर पर्ने भएकोले आफुले रोजेको उमेदवारलाइ भोट दिएर जिताउनुपर्छ भन्दै कन्भिन्स गरेर मत खसाल्न लगाउँथे ।
उनिहरू मैले सधैभरि भने जसरी नेताहरूबाट कुनै देश बिकासको काम नभएको, आफु आफ्नो परिवार र आफ्ना कार्यकर्तालाइ मात्र पोस्ने काम गरेका छन । तसर्थ यसपटक पनि भोट खसाल्न जानु पर्छ भनेर नभन्नुहोला । यसपालि त भोट हाल्न जादै नजाने भनेर अड्डी कसिरहेका छन । नेताहरूको हालसम्मका गतिविधि र चालामाला देखेर मेरो पनि आफ्नो आस्थाको पार्टीका उमेदवारलाइ पटक्कै भोट हाल्ने मन छैन । अन्य पार्टीका उमेदवारमा पनि कुनै आकर्षण छैन । स्वतन्त्र भनाउदा उमेदवारहरूको अनुहार हेर्दा देशको लागि केही गर्ने भन्दा भोलिका दिनमा आफ्ना लागि राजनैतिक च्याँखेदाउँ थापेर फाइदा लिने जस्ता मात्र देखिन्छन । त्यसैले भोट हाल्ने जाने बिषयमा आफै अन्योलग्रस्त अवस्थामा रहेकोले परिवारका सदस्यलाइ भोट हाल्नको लागि उत्प्रेरणा जगाउन सक्ने अवस्थामा छैन । मेरो परिवारको ४ भोट यसपालि खेरै जाला जस्तो छ ।
सुझाव पाउँ न मित्रहरू म के गरौँ ?

0 comment