- गोरख बहादुर वि.सी.

काठमाण्डौं – नेपालको क्षयीकरण (कमजोर) र छलकपटले गर्दा एकीकरणदेखि नै भएको आम जनतालाई भावनात्मक एकता नहुँदा नेपालको राज्य प्रणली कमजोर भएको कुरा विगतदेखि वर्तमानसम्म भइअइरहेका विभिन्न अभियानले पुष्टि गरेको छ । जसको उदाहरण आज मुलुक विश्वको हरिकंगालमा गनिने र शासकहरू व्यापक धनी हुने एवं आन्तरिक राष्ट्रवाद कमजोर हुनुले विदेशी एवं छिमेकीहरूले बोलबोलाई हुनुले प्रष्ट पारेको छ । केन्द्रीय एकता भनेको एकात्मक राष्ट्रवाद र राज्यको सम्पन्नता भन्ने गलत धारणाका कारण नागरिकले आफ्नो अपनत्वमा काम र राष्ट्रप्रति जिम्वार बहन गर्न पाएनन् मात्र होइन शासकहरूले राष्ट्रिय अपनत्वको ठेक्का आफ्नो हो भनी भ्रम छरी जनतालाई जर्वजस्ती आफ्ना अधराधहरू पुष्ठी गर्ने राष्ट्रवादी आवरणबाट जहिले पनि राष्ट्रिय दोइन गरे । यस दोहनमा हाम्रा अनुहार यूवाहरू हाम्रा शासकको व्यक्तिगत महत्वाकांक्षा पूरा गर्ने र राष्ट्र राष्ट्रिय अस्मीतालाई क्षयीकरण गरी विना परिश्रमको र मानव अधिकारको विपरित जबरजस्ति गोर्खा भूमिमा भर्ना भई ठूलो मृत्युवरण गर्नु प¥यो ।

यी यस्ता कियाकलापबाट आर्जित नेपाली जनताले उनीहरूको विस्नु संघर्षमा राष्ट्र र राष्ट्र अस्मिता रक्षाको निमित आफ्नो प्राकृतिक स्रोत र साधन, आफ्नो काम, कर्तव्य र अधिरा आफुमा सार्वभौम ठगले आउने र प्रयोग गर्न पाउने इच्छा र अभिलाषाका साथ २००७ सालको जनक्रान्तिमा ठूलो कुरमानी दिए तर हाम्रा पूर्खाहरूको योगदानलाई नै धुमिल पार्ने गरी जुन संघर्ष को लागि अगाडि वढीरहेको थियो त्यसको ठीकविपरित आन्दोलनको नेतृत्व गर्ने शासकहरूले जनविरोधी र राष्ट्रघाती काम गरे । जनताले प्रजातन्त्रको उच्चतम् प्रयोग पाइने जुन आशा प्राकृतिक स्रोत र साधनमाथि स्थानीय अग्रअधिकार र केन्द्रीय शासन व्यवस्थामा आफ्नो सुनुवाई हुने आधारको धज्जी तिनै शासकहरूले गरे जसले अघिल्लो निरंकुश राणातन्त्रलाई राष्ट्रघाती बेलायत फाल्तु कुकुर हुन भन्दथ्ये तर उनीहरू पनि त्यसकै साथ बन्न पुगे जस्को परिमाण १९५० का सन्धी लगायतलाई स्वीकार गरी जनधन्य राष्ट्रघाती काम सत्ता टिकाउने नाममा जनतालाई नै थाहा नदिई पानी माथिको नेपालीहरूको अधिकारलाई समाप्त पारी दीर्घकालसम्म नेपालका नदीहरूलाई नेपाली जनताको नियन्त्रणबाट खोसी तत्कालीन सरकार प्रमुखले कोशी सम्झौता गरे । कोशी सम्झौताका कारण त्यसका सायक नदीहरूको पानीको प्रयोग पनि खोस्ने काम गरियो । यो सम्झौताले नेपाली मातृभूमिको प्रयोग विना मुआव्जा भारतले अहिलेसम्म गरिरहेको छ र लाखौं जनताहरूविना मूआब्जा जमिन छोड्न विवश पारियो । कोशी क्षेत्रका जनताहले भारतीय स्वार्थका कारण पानीको प्रयोग त पाएन त्यसको दुवानको भारमा लाखौं हेक्टर जमिन प्रताडित भइरहेको छ । कोशी सम्झौता गर्ने गोहीका आँसु झार्ने र गल्ती गरे भन्दै मातृभूमीमा बलात्कार गरेको अपराधबाट कहिले छुट नपाउने भन्दै तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले पुस्तक नै प्रकाशन गरेका थिए ।

यस्तै अपराध उनै भाई वि.पी. कोइरालाको सरकारले गण्डक सम्झौता गरी नेपाली मातृभूमिलाई प्रजातन्त्र आन्दोलनको दुवाईको नाममा गम्भिर किसिमको धोका दिए र जनताहरू जहिले पनि राष्ट्रियता प्रजातन्त्र समाजवादको पक्षमा थिए यसैबाट आफ्नो आत्म अधिकारको प्रयोगलाई रक्षा गर्ने अभिलाषा राख्दथे त्यसको ठीक विपरित प्रजातन्त्र वा लोकतन्त्रकै मसियारहरूवाट मूलुक जनता र राष्ट्रिय अस्मीता माथि आक्रमण भएका कारण झुपडीमा बस्ने जनताहरू टुलु–टुलु हेर्ने बाहेक केही गर्न सकेका छैनन् । राष्ट्रवादको नाममा बहुतै राष्ट्रवादी कहलाउने राजा महेन्द्रले नक्कली जोताई दिई लाखौँ विदेशीहरू नेपाली नागरिकता मात्रै दिएनन कि ऐतिहासिक रुपमा संसारको सिल्क मार्गको मुख्य केन्द्र र नेपालको त्रिदेशीय विन्दु जोड्ने ५०० वर्ग किलो मिटरको जमिनमा भारतलाई छोड्दिएर अर्को ठूलो राष्ट्रको निरन्तरता दिएको इतिहास छलङ्ग छ । खुला समाजमा सबै कुरा जानकारी हुन्छ र खुला समाज निर्माण गर्न पर्छ भनी नेपाली जनताले ठूलो वलिदान दिए र प्राप्त भएको ०४६ सालको उपलब्धी वहुदलवाद स्थापनापश्चात् अन्तरिम सरकारले नेपालको स्रोत र साधन भारतको पनि साझा भनी तत्कालीन सरकारले भारतसँग साझा नदी र प्राकृतिक स्रोतमा भारत पनि साझा रहेको सन्धी गरे ।

त्यस पछि बनेको गिरिजाप्रसादको सरकारले राष्ट्रिय उद्योग उद्योग कलकारखाना निजिकरण गरी नेपाली उद्योगपतिलाई समाप्त पार्दै आवप्रासीहरूलाई अर्थात् जिम्मा ल्याउदै महाकालीको जनकपुर सम्झौता गरेर त्यस्तै एमाले र ने.का लगायतले नेपालको चौथो ठूलो नदि महाकालीलाई सदनबाटै दुई तिहाइ बहुमतबाट बुझाए । यो सन्धीले नेपालका शुद्ध र नेपाली जनताकै नियन्त्रणमा रहेमा नदीहरू भारतलाई र विदेशीलाई दिने सोतह बाटो खुला गरेर त्यो परिमाणले कर्णालीलाई हत्याउने कोशीसमा थियो भजिन कणाली कसरी हात पारौ भन्ने भित्ती रुची भारतको थियो, २०६२÷६३ को जनआन्दोलनको नाममा लाखौं विदेशीलाई नागरिक र शुद्ध भर्जिन कर्णालीलाई तत्कालीन संघर्षमा रहेका ८ वटै दलले मिलिभगतमा भारतलाई जिम्मा लगाई नेपाल देशभक्त आन्दोलनको नेतृत्व गर्ने कर्णाली जनतालाई गम्भीर इतिहासमै बिसर्ने नसक्ने गरी धोका दिई आम देशभक्त नेपालीहरूको मर्ममाथि गम्भीर आक्रमण गरी क्षेत्रविक्षत बनायो । यी सबै घटनाक्रमलाई आम नेपाली जनताले नियालेर हेर्दा कोही पनि रानैतिक पार्टी, त्यसको नेतृत्व नेपाल भएका विश्वास गरिएका वौद्धिक र आफुलाई न्याय दिने न्यायक संस्थाहरू आफ्नु नरहेको र देशलाई माया गर्ने भन्दा घात गर्ने तथा आफ्नी आमालाई अरुसँग बलात्कार गर्ने लगाई उनीहरूको जुठो पीरो खाने वाहेक केही काम नेपाल शासक राजनैतिक नेतृत्व वौदिक वर्ग न्यायलयले गर्दै आएको कुरा आम ९० प्रतिशत जनताको मनमस्तिक गहिरो घर बसेको छ । यसर्थ नेपालको हालसम्म देखिएका नाम मात्रका राजनैतिक परिर्वतनले नेपाल राष्ट्रलाई अहित एवं राष्ट्रघात तथा राष्ट्रिय स्वाधिन्ता माथि नै खतरा उत्पन्न हुने गरी नपालका शासक वर्गहरूले आफ्नो स्रोत साधनलाई बुझाउने  काम गरेका छन्  । यसैले कोशी, गणडकी र कणाली नदीलाई सत्ता, भत्ता र आफू धनाड्य हुने खेलमा स्वाहा गरे यदि कोही नेपालीहरू सच्चा राष्ट्रवादी नेपालीहरू छन् भने बचाउने कामतिर लाग ।

यो माटो कसैले उठाएर अर्को देशमा पु¥याउने होइन यहाँको स्रोत साधनलाई कब्जा जमाई सकेपछि सो त उनीहरूले राज चाहिँ गर्ने हुन र उनीहरूको गुलामी गर्ने बाहेक हामीले के गर्न सक्छौं । त्यसैले सबै नेपालीहरूले एक भएर आफ्नो देशको स्रोत साधनलाई आफ्नो अनुकूल बनाउन चारैतिरबाट दवाव दिन जरुरी छ हालसम्म दिएको शासक, राजनैतिक नेतृत्व, न्यायालय हाम्रो हो भन्ने कुरामा नेपाली जनता दुविधामा छन् । वर्तमान राजनीतिक जेजस्ता गठबन्धन र सरकार बने पनि छिमेकीहरूलाई फाइदा हुने र नेपालीहरूलाई नोक्सान हुने सन्धि सम्झौता गरेर आफ्नो कुर्सी र नेतृत्व टेकाउने बाहेक अरु केही उपलब्धि हुने देखिँदैन ।