राम शरण पाण्डे-
काठमाडौं - नेपालको पश्चिमी सिमाना दार्चुला जिल्लाको लिम्पियाधुरा हो त्यसभन्दा ५३ कि. मि. पूर्वको रहेको नेपाली सार्वभौमसत्ता भएको लिपुलेक भन्ज्याङ्गलाई हालै भारत–चीन बीच दुई–देशबीचको व्यापारिक नाका बनाउने सहमति गर्दा ईतिहास प्रमाणित नेपालको सार्वभौमिकता माथि गम्भीर आँच पु¥याएको छ । सन १९६१ मा नेपाल चीन सीमा सम्झौता गर्दा ऐतिहासिक तथ्य प्रमाणको आधारमा त्रि–देशिय सीमाबिन्दु नछुट्टाएकोले गर्दा काली नदी पूर्वको भु–भागलाई नेपालको सार्वभौमिकता भित्र रहेको क्षेत्र मानिर्दै भएको थियो । त्यसैले नेपाल भारत र चिन त्रि–देशीय लिपुलेक होईन लिम्पियाधुरा त्रि–देशीय सिमाबिन्दु हो ।
स्मरण रहोस सन् १८१६ मा तत्कालिन भारमा कायम रहेको इष्ट इण्डिया कम्पनी सरकार र नेपाल बीच भएको सुगौली सन्धिले लिम्पियाधुराको काली नदीको उद्गम स्थलदेखि त्यहि नदी पूर्व र चिनियाँ सीमानाको दक्षिण पर्ने भु–भाग नेपाली भुमी हो । जान अन्तर्गत रहेका कुटी, नाभी, गुन्जी, तुल्सीन्यारा छाङ र टिङर प्रगन्नाहश्र पर्दछन् र लिपुलेक रिजकार प्रगन्नामा पर्दछ । लिपुलेक भन्जायाङ्गदेखि पश्चिम र लिम्पयाधुरा देखि पूर्व लाखौ रोपनी ब्यास कालापानी क्षेत्रलाई ५३ वर्ष अघिदेखि अर्थात सन् १९६२ मा चीन र भारतबीच भएको भिषण लडाई पछि भारतले नेपाली भुभाग अत्रिक्रमण गरी भारतीया सेना व्यारेक बनाएर बसेको छ ।
अतिक्रमित क्षेत्रहरु
१. कालापानी क्षेत्रको भारतको चित्रकंन गरेको तिरतिरे खहरे र जमिन सीमा रेखादेखि लिपुलेकसम्मको अतिक्रमण क्षेत्रफल ६२ वर्ग कि. मी. अर्थात १२४००० रोपनी /
२. लिपुलेकबाट आएको नदी देखि लिम्यिाधुरा तर्फबाट आएको नदी क्षेत्रको अत्रिक्रमण क्षेत्रफल ३१० वर्ग कि.मी. अर्थात ६४४०००० रोपनी क्षेत्रफल भारतले अतिक्रमित गरेको छ । सैनिकहरुले कब्जा जमाएर बस्दा सरकार कायर बनेको सिमाको बारेमा खोजीनीति गर्नुको सट्टा उल्टै मौन बसेको छ प्रमाणित हुँदा पनि नेपालको राष्ट्रियता माथि गम्भिर प्रश्नचिन्ह खडा पारिएको छ । अहिलेसम्म फेला परेका प्रमाणहरुले लिपुलेक मात्र नभएर महाकालीको उद्गम बिन्दु लिम्पयात्रुरा हो भन्ने पुष्टि गरेको छ । यसबाट कापानी को ६२ वर्ग कि. मि. क्षेत्र त नेपालको छुट्टै हो, थप लिम्पियाधुरासम्मको करिब ३१० वर्ग कि. मी. समेत नेपालकै देखिन आएको छ ।
सन् १८१६ को सुगौली सन्धि पछि बनेका सन् १८२१, १८३०, १८३५, १८४१ र १८४६ का पुरना नक्साहरुमा कालापानी नेपालकै समिभित्रै र लिम्पियाधुराबाट उत्पन्न भएको नदीलाई महाकाली नदी लेखिएको तथ्य सार्वजनिक भईसकेको छ । सन् १८७९ को हाराहारी र पछि प्रकाशित नक्साहरुमा त्यही महाकालीलाई कुटियाजदी भनेर लेखिएको छ भन्ने भारतले कालापानीको दक्षिणमा कृत्रिम पोखरीबाट निस्केको भंगालोलाई महाकाली भनेको छ । तर पुराना नक्साहरुमा त्यो कृतिम कालीनदी अंकन गरेको देखिन्छ ।
सन् १९४० सम्मको भारतीय जनगणना हर्ने हो भने लिम्यिाधुरा पूर्वका कुटी गब्य्रङ्ग, नावी र गुन्जि गाँउको गणना गरेको कतै उल्लेख देखिदैन भने वि. स. २०१५ सालको चुनाव र राष्टिय« पञ्चायतको पहिलो निर्वाचनमा त्यहाँका मानिसहरुले मतदान गरेका थिए । वि. स. २०१८ सालको गणना भएको अभिलेख नेपालसंग उपलब्ध छ । लिम्यिाधुराबाट पूर्वपट्टी कुटी, नावी, गुन्जी नामका ठुला वस्तीहरु छन् । अहिले त्यस क्षेत्रमा भारतीय सैनिक शिखर छन् तर सबै भुभाग नेपालको हो भन्ने प्रमाण खोज्ने हो भने, अझै पनि दार्चुला र बैतडीका मालपोत कार्यालयमा दर्ता गराएको प्रमाणहरु सुरक्षित साथ भेट्न सकिन्छ ।
नदिको बहाव, नेपाली जनताको पूराना हकभोगको निस्सा र ऐतिहासिक दस्तावेजहरुको आधारमा हाताका पश्चिमी सिमाना काली नदीको शिर लिम्पियाधुरा ने नेपाल–भारत र चिनको त्रि–देशिय सिमा विन्दु हो । भरत र चिनबिच लिपुलेक भन्ज्याङ्गलाई दुई देशवीचको व्यापारिक नाका बनाउने निर्णयलाई नेपाल सरकारको तर्फबाट केहि प्रतिक्रीया जनाएको छैन । तर भारत र चीनको निर्णयलाई साथ दिन नेपाल सरकारबाट त्रि–देशिय बनाउने घोषणा गर्ने कुरा पत्ता लागेको छ ।
यो निर्णयाबाट देशलाई नोक्सान हुन्छ भन्ने आम नेपाली जनताले बुझाउनु पर्ने हो । र यदि त्रि–देशीय बनाउने निर्णय गर्ने हो भने पहिले ऐतिहासिक नक्सा तथा दस्तावेज पल्टाएर त्रि–देशीय सिमा क्षेत्र कहाँ पर्दछ त्यसको अनुसन्धान गनुृ पर्छ । लिपुलेकलाई व्यापारिक नाका बनाउन दिने हो भने आजका मितिबाट ऐतिहासिक दस्तावेज च्यातेर भारतलाई लिम्पयाधुरा ३१० वर्ग कि.मी. र कालापानी ६२ वर्ग कि.मी. हस्तान्तरण गरे हुन्छ । साथै २६ जिल्लाको ८४ स्थान मिचेको भुभाग पनी हस्तान्तरण गर्दा केही फरक पर्देन । अतः नेपाल–भारत र चिनको लिपुलेक होईन लिम्पियाधुरा त्रि–देशीय सिमाबिन्दु हो ।

0 comment