काठमाडौ : गृहमन्त्री ओमप्रकाश अर्यालले रुपन्देही जेन ज़ी नेपाल समुहका केहि युवाहरुलाई मङ्गलबार भेटेर उनीहरुले बुझाएका ज्ञापन पत्र बुझ्नु भएको छ ।भेटका क्रममा गृहमन्त्री अर्यालले कानूनी राज्यको सबैले पालन गर्दै राज्यलाई सघाई सुरक्षा निकायले गरेको निष्पक्ष छानविन गर्न सबैले सघाउनु पर्ने बताउनु भयो।
भेटमा जेनज़ी युवाहरुलाई भदौ २४ गतेको घटना र २३ घटना फरक कोण बाट सरकारले हेरिरहेको र घटनाको निष्पक्ष छानविन हुने गरी सुरक्षा प्रशासनले काम गरिरहेको समेत नवपुस्तालाई जानकारी दिनु भयो।भेटमा उनीहरुले आफूका साथीहरु अझै कोहि घर बाहिर निस्केर हिड्न नसकेको जानकारी गराउँदै त्यसका लागि सहज वातावरण निर्माण गरिदिन आग्रह गरे। जेन ज़ी रुपन्देही नेपाल को तर्फ बाट सुरज पोखरेल, रवि श्रेष्ठ र राजु श्रेष्ठले मन्त्री अर्याल लाई ज्ञापन पत्र बुझाउनु भएको थियो।
सोही क्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले पनि प्रहरी प्रसाशनले सदैव कानूनलाई सघाउनेलाई पनि कानूनले नै सघाउने गरी दोषी नदेखिएकालाई निर्दोष करार गर्न सहयोग गर्ने बताउनु भयो।


.jpg)

0 comment