काठमाडौं - त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत स्नातक तह दोस्रो वर्षका ६५२ जना विद्यार्थीका उत्तरपुस्तिका जलेपछि विश्वविद्यालयले पुनः परीक्षा लिने तयारी थालेको छ।

गत भदौ २३ र २४ गते राजधानीमा भएको ‘जेनजी’ आन्दोलनका क्रममा त्रिविको परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट सञ्चालित आंशिक तथा मौका परीक्षाका उत्तरपुस्तिकाहरू जलेका हुन्।

परीक्षा नियन्त्रक सूर्यकान्त कलौनीका अनुसार ती उत्तरपुस्तिका तीन परीक्षा केन्द्रबाट संकलन गरी प्रहरी चौकीमा राखिएको थियो। तर आन्दोलनको क्रममा चौकीमा आगजनी हुँदा ती उत्तरपुस्तिकाहरू पनि पूर्ण रूपमा नष्ट भएका हुन्।