काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले एसईई पूरक परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ ।  बोर्डले प्रकाशित गरेको नतिजाअनुसार ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन् ।

परीक्षामा ५९ हजार ६९३ जना अनुत्तीर्ण भएका छन् । परीक्षामा  १ लाख ४३ हजार २५७ परीक्षार्थी सहभागी भएका थिए ।

एसईईको पुरक परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म सञ्चालन भएको थियो ।

गत वैशाखमा सञ्चालित वार्षिक परीक्षामा दुई विषयसम्म नन ग्रेडेड प्राप्त गरेका वा अनुपस्थित भएका विद्यार्थीहरूका लागि बोर्डले पूरक परीक्षाको अवसर दिएको हो ।