काठमाडौं - ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारोलाई सन् २०२२ को चुनाव उल्ट्याउने प्रयास गरेको अभियोगमा दोषी ठहर गरिएको छ । अभियोजन पक्षका अनुसार उनले सत्तामा रहिरहन योजनाबद्ध षड्यन्त्र गरेका थिए जसमा निर्वाचित राष्ट्रपति हत्या गर्ने योजना समेत गरिएको थियो।
ब्राजिलको सर्वोच्च अदालतको पाँच न्यायाधीशको मध्ये चार जनाले बोल्सोनारोलाई सबै पाँच आरोपमा दोषी ठहर गर्दै उनलाई २७ वर्ष ३ महिनाको जेल सजाय सुनाएका छन्।
बोल्सोनारोलाई कू गर्ने योजना बनाएको,सशस्त्र आपराधिक समूहमा संलग्न भएको,बल प्रयोग गरेर ब्राजिलको लोकतान्त्रिक व्यवस्था समाप्त गर्न खोजेको,राज्यका संस्थामाथि हिंसात्मक कार्य गरेको र २०२३ जनवरी ८ का दिन उनका समर्थकहरूले सरकारी भवनमा आक्रमण गर्दा संरक्षित सार्वजनिक सम्पत्तिलाई क्षति पुर्याएको अभियोगमा दोषी ठहर गरिएको हो।
अभियोजन पक्षले आरोप लगाएको कू योजनामा सम्भावित रूपमा विस्फोटक पदार्थ, युद्धमा प्रयोग हुने हतियार वा विष प्रयोग गरेर वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा,उपराष्ट्रपति जेराल्डो आल्कमिन र बोल्सोनारोको मुद्दा हेर्ने सर्वोच्च अदालतका न्यायाधीश अलेक्जान्द्रे डे मोराएसलाई हत्या गर्ने योजनासम्म समावेश रहेको थियो।
बोल्सोनारो र उनका सह-अभियुक्तहरूले सबै आरोप अस्वीकार गरेका थिए।
बोल्सोनारोविरुद्धको प्रमाण मुख्यत उनले २०२२ को राष्ट्रपतीय चुनावमा लुला दा सिल्भासँग पराजित भएपछि सत्तामा रहिरहन गरेका प्रयासमा आधारित थियो।
संघीय प्रहरीले भनेका छन् कि बोल्सोनारोलाई चुनाव परिणाम उल्ट्याउने,सेनामा दबाब दिने र समानान्तर संकट व्यवस्थापन कार्यालय गठन गरेर सरकार चलाउने योजनाको पूर्ण जानकारी थियो।



0 comment