काठमाडौं - बाल यौन दुर्व्यवहारबाट पिडित एक जनाले आफ्ना दुर्व्यवहारका तस्बिरहरू समावेश भएका लिंकहरू उनको सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोस्ट हुन नदिन एलन मस्कलाई रोक्न बिन्ती गरेकी छिन्।
मलाई गरिएको दुर्व्यवहार र यति धेरै अरूहरूको दुर्व्यवहारअझै पनि व्यापारिक रूपमा प्रयोग गरिनु निकै आक्रोशजनक छ,। "जोर्रा" (उनको वास्तविक नाम होइन), जो अमेरिकामा बस्छिन् र जसलाई २० वर्षभन्दा बढी पहिले दुर्व्यवहार गरिएको थियो।
"जब कोही बाल दुर्व्यवहार सामग्री बेच्छ वा बाँड्छ,उनीहरूले भयानक दुर्व्यवहारलाई थप इन्धन दिन्छन्।"
एक्सले भनेको छ कि यसले "बाल यौन दुर्व्यवहार सामग्री प्रति शून्य सहिष्णुता" राख्छ र बालबालिकालाई शोषण गर्नेहरूमाथि कारबाही गर्नपर्ने कुरााई शीर्ष प्राथमिकता राख्छ ।
चाइल्डलाइट र द ग्लोबल चाइल्ड सेफ्टी इन्स्टिच्युट अनुसार अर्बौं डलर मूल्यको बाल यौन दुर्व्यवहार सामग्रीको विश्वव्यापी कारोबारबारे अनुसन्धान गर्दा जोर्राका तस्वीरहरू फेला पारिएको थियो।
यो सामग्री एक्सको एउटा खातामा बिक्रीका लागि राखिएका हजारौं समान खालका फोटो र भिडियोहरूमध्ये एक थियो।
जोर्रालाई पहिलोपटक परिवारकै सदस्यले दुर्व्यवहार गरेका थिए। उनको दुर्व्यवहारका तस्वीरहरूको संग्रह अहिले पनि यस्ता सामग्री संकलन गर्ने र कारोबार गर्नेहरूबीच छ। अरू धेरै पीडितहरू पनि उस्तै अवस्थाबाट गुज्रिरहेका छन्, किनकि यस्ता तस्वीरहरू आजसम्म पनि सामाजिक संजालमा छन्।
जोर्रा क्रोधित छिन् कि यो कारोबार अझै रोकिएको छैन। उनि भन्छिन "मेरो शरीर कुनै वस्तु होइन। कहिल्यै थिएन र कहिल्यै हुने पनि छैन,"यस सामग्री वितरण गर्नेहरू निष्क्रिय दर्शक होइनन्,उनीहरू प्रत्यक्ष संलग्न अपराधी हुन्।"
एक्सको खाताको पत्ता लगाउने प्रयास
जोर्राको दुर्व्यवहारका तस्वीरहरू सुरुमा तथाकथित ‘डार्क वेब’ मा मात्र उपलब्ध थिए तर अहिले उनले खुला रूपमा एक्समा लिंकहरूमा प्रचार भइरहेको वास्तविकता भोग्नुपरेको छ।
सामाजिक सञ्जाल प्लेटफर्महरूले अवैध सामग्री हटाउन प्रयास गरिरहेका छन् तर समस्या भने असीमित छ।
गत वर्ष अमेरिकाको नेशनल सेन्टर फर मिसिङ एन्ड एक्स्प्लोइटेड चिल्ड्रेन (NCMEC) ले टेक कम्पनीहरूबाट बाल यौन दुर्व्यवहार सामग्री (CSAM) सम्बन्धी २ करोडभन्दा बढी अनिवार्य रिपोर्टहरू पाएको थियो।
एनसीएमईसीले पीडित र अपराधी पहिचान गर्ने प्रयास गर्छ र त्यसपछि कानूनी निकायलाई सम्पर्क गर्छ।
‘ह्याक्टिभिस्ट’ समूह एनोनिमससँग पनि कुरा गरेको थियो जसका सदस्यहरू एक्समा बाल यौन दुर्व्यवहार सामग्रीको कारोबार रोक्न लडिरहेका छन्। तिनीहरू मध्ये एक जनाले स्थिति अझै पनि जस्ताको तस्तै रहेको बताए।
उनीहरूले एक्सको एउटा खाताबारे जानकारी दिए। त्यस खाताले वास्तविक बालबालिकाको टाउको र काँधको फोटो प्रोफाइल तस्बिरको रूपमा प्रयोग गरेको थियो। त्यो तस्वीरमा कुनै अश्लीलता थिएन।
तर खाताको ‘बायो’ मा प्रयोग भएका शब्द र इमोजीहरूले प्रष्ट देखाउँथ्यो कि खाता धनी बाल यौन दुर्व्यवहार सामग्री बेच्दै थियो र त्यहाँ टेलिग्राम खातासम्म पुग्ने लिंक पनि जोडिएको थियो।



0 comment