डि राज कोइराला
पहिलेको पल्लो किराँत लिम्बुवान माझ किराँत खम्बुवान वल्लो किराँत नेपाल ताम्सालिङ् जडान थरुवान मगरात खसान तमुवान आदि ससाना राजा रजौटाका अधिनस्थका भूभागहरुका वासिन्दाहरुको पहिचान सहित गोर्खा साम्राज्यमा विलय भए पछि गोर्खा गोर्खाली भनिदै बिरगोर्खा, बहादुरगोर्खा, लडाकुगोर्खा, बिजेतागोर्खा, कहिल्यै पनि नहारेका गोर्खा, भनेर बिश्वका सामु गोर्खार गोर्खाली परिचय पहिचान स्वीकार गरेर सुपरिचित भएकै हुन ।
दार्जि्लिङ्का सु ध पा को नेपाली नामबाट साहित्यको बिकासगर्ने अभियानले नेपाली बनाउने र बनिने कामको थालनीलाई कप्तान वालकृष्ण समशेर जबराको वरद आशिर्वाद र कोशिसले तथा श्री ३ जुद्ध समशेरको हस्ताक्षरित लालमोहोरले गोर्खा शब्दको सट्टा पौराणिक नेपाल नामको शब्दबाट बनेको “नेपाली” शब्दलाई भलाद्मी, राम्रो नाम हो भन्ने अनेकौ फूलबुटा भरेर हरुवा, डरछेरुवा, नामर्द, सिमको किलो जस्तो जस्ले जताहल्लायोे उतै हल्लिने लैवरी, तथा हुतिहारापन जनाउने “नेपाली'”शब्दलाई कायम गराएको देखिन्छ ।
यो कृतिम नेपाली नामको शब्दलाई पनि गिरिजा प्रसाद कोइरालाले महत्वै नबुझेर जोगाउन नसकी वेवास्ता गरेर कुनै प्रतिवाद नै नगरि
भारतलाई NOC दिएकाले २० अगष्ट १९९२ का दिन भारतको संविधानको ७५ औ संसोधन गरेर आफ्नो बनाए पछिे सोही समयदेखि नेपालमा परिचय पहिचानको अभाव खड्किन थालेको हो । यस्तो कुरा आजका शासकनेताहरुलाई के थाहा ? देशलाई खुलेआम बलत्कार गरेर “ सिङ् न पुच्छरका“ भाषणलाई उपलब्धी मान्ने शासकनेताहरुको चरित्र क्रमश नाङ्गिदै जान थालेको कुरा छिपेको छैन ।
आफ्नो पहिचानसम्म जोगाउन नसकेर भारतले लगेको कुरा आम जनताले थाहा पाए पनि शासकनेताहरुले पत्तो नपाएको देखे पछि शासकनेताहरु र पार्टीको भनाईलाई लत्याउँदै भए पनि पहिचानको अभाव अनुभव गरेका नेपाली नागरिकहरुलेआफ्नो पहिचान खोजेर कायम गराउनकालागि नै जात, जाति, धर्म, क्षत्र, बर्णका, आधारमा बिभक्त भइरहेको कुरा सचेत नागरिकहरुका मनमा मुटुको किलो भएर बसीरहेको छ । नागरिकहरुमा छट्पटी छ ।
छट्पटिएका नेपाली नागरिकहरुबाट फाइदा उठाउन तल्लिन शासकनेताहरु भने अंग्रेजहरुले हिन्दूस्थानमा प्रयोग गरेको ” फुट डालो राज करो” गुरु वाक्यलाई पालना गर्दै राजावादी, हिन्दूवादी, धर्म निरपेक्षवादी, संघीयतावादी, ग्रेटर नेपालवादी जस्ता अनेकौ गुठ उपगुठहरु खोल्न लगाएर उनीहरुका सत्ता जोगाउने काम गरी पहिचानका आवाजहरु दवाउन लागेकै छन् भने उनै शासकनेताहरु आफ्नो र आफ्नाको मात्रै हित देख्दै जनभावनाको इच्छा र आकाक्षाबाट टाढारहँदै झुटमुटको स्वार्थी राजनीतिमा मात्र लागेका शासकनेताहरुले नागरिकता राष्ट्रियता र पहिचानलाई बलमिच्याई वा टेरराइज गरेकै भरमा एउटै हो भन्ने ” सुझ न बुझको तुलिगाँडे व्याख्या ” गरी वास्तविकताबाट टाढा रहँदै पहिचानका बिषयमा कानमा तेल हालेर मस्त सुतेका शासकनेताहरुले भन्ने गरेको नेपाली शब्दले सबैको परिचय र पहिचान पुग्छ भने जस्ता खोक्रा भाषण गरेकै भरमा पत्याउन नमान्ने नेपाली नागरिकहरुको आवाज बिष्फोट भयो भने त्यो दिनमा शासक नेताहरुका भाषण,उनिहरुका पार्टी र उनिहरुका सुरक्षामा खटिएका कर्मचारीले थाम्लान के ?



0 comment