काठमाडौ — हङकङस्थित नेपाल महावाणिज्य दूतावासको आयोजनामा ‘हङकङ पर्यटन प्रवद्र्धन सेमिनार २०२५’ हङकङको सेन्ट्रलस्थित एक होटलमा सम्पन्न भएको छ ।
नेपाल र हङकङबीचको पर्यटन प्रवद्र्धन र सहकार्यलाई अझ मजबुत बनाउने उद्देश्यले आयोजित कार्यक्रममा हङकङका पर्यटन व्यवसायी, ट्राभल एजेन्सी, मिडिया प्रतिनिधि, नेपाली संघसंस्था र कूटनीतिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा महावाणिज्य दुत डा विन्देश्वर लेखक ले नेपाल भ्रमण वर्ष २०२५ अन्तर्गत नेपालका हिमाली, सांस्कृतिक, धार्मिक तथा साहसिक पर्यटन क्षेत्रका सम्भावनाबारे जानकारी गराउँदै हङकङका नागरिकलाई नेपाल भ्रमणका लागि आमन्त्रण गर्नुभयो।कार्यक्रमका विशेष अतिथि हङकङ ्स्थित पोलिटेक्निक विश्वविद्यालय अन्तर्गत होटेल र पर्यटन व्यवस्थापन विद्यालयका डिन प्रोफेसर के चोनले नेपालका धेरैपटकका भ्रमण स्मरण गर्दै नेपालको अनुपम प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाको प्रशंसा गरे। उनले नेपालमा पर्यटन पूर्वाधार सुदृढीकरण र प्रचार प्रसार मा वृद्वि गर्ने हो भने हङकङका पर्यटक हरू पनि प्रसस्त जाने वताए ।
सो अवसरमा नेपाल पर्यटन बोर्डका प्रतिनिधिले प्रस्तुतिकरणमार्फत हङकङका नागरिकका लागि नेपाल भ्रमण सहज र सुरक्षित रहेको जनाउँदै नयाँ पर्यटक प्याकेज तथा छुट सुविधाहरूको जानकारी गराएका थिए ।

कार्यक्रममा सहभागी हङकङका ट्राभल व्यवसायीहरूले नेपाल भ्रमणको प्रवद्र्धन गर्न नेपालका पर्यटन संस्थासँग सहकार्य गर्न आफूहरू तयार रहेको बताउँदै नियमित उडान, सुविधाजनक प्याकेज र भिसा प्रक्रियालाई थप सहज बनाउन आग्रह गरेका थिए ।
नेपाल महावाणिज्य दूतावासको यस्ता कार्यक्रमले नेपाल र हङकङबीचको जनस्तरको सम्बन्ध र आर्थिक सहकार्य विस्तार गर्न थप सहयोग गर्ने सहभागिहरूले धारणा राखेका थिए । कार्यक्रमका विशेष अतिथि हङकङ पोलिटेक्निक विश्वविद्यालय अन्तर्गत होटेल र पर्यटन व्यवस्थापन विद्यालयका डिन प्रोफेसर के चोनले नेपालका धेरैपटकका भ्रमण स्मरण गर्दै नेपालको अनुपम प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाको प्रशंसा गरे । उनले नेपालमा पर्यटन पूर्वाधार सुदृढीकरण र नवप्रवर्तन आवश्यक रहेकोमा जोड दिए ।



0 comment