काठमाडौं - अखिल क्रान्तिकारीको आह्वानमा आज शैक्षिक संस्था बन्द गरिएका छन् ।
अधिकांश शैक्षिक संस्थाहरु बन्द हुँदा विद्यार्थी तथा अभिभावक र स्वयं विद्यालयहरू अन्योलमा परेका छन् ।
शिक्षा ऐनको बिषयलाई लिएर अखिल क्रान्तिकारीले आज एक दिन विद्यालय बन्द गर्न आह्वान गरेको हो । आज बिहान अबेर विद्यालय बन्दको अचानक जानकारी आएपछि विद्यालय पठाउन तयार भएका अभिभावकहरु र विद्यार्थीहरू समस्यामा परेका थिए । कतिपय विद्यालयले भने हिजो बेलुका नै एसएमएस पठाएर जानकारी गराएका थिए ।
कतिपय विद्यालयहरूमा त अहिले परीक्षा सञ्चालन भइरहेका छन् ।
अखिल क्रान्तिकारीले निःशुल्क,समान र वैज्ञानिक शिक्षाको कार्यान्वयन हुने गरी यथाशीघ्र शिक्षा ऐन जारी गर्न माग गर्दै आएको छ । सोही सिलसिलामा आज आम शैक्षिक हट्ताल आह्वान गरिएको हो ।



0 comment