काठमाडौं - सोमबारको तुलनामा आज सुनचाँदीको मूल्य केही घटेको छ ।  

सुन तोलामा २ सय  र सोही परिमाणको चाँदी १० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुनको मूल्य एक लाख ९० हजार ९ सय कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मोल  एक हजार ९ सय ९५ निर्धारण भएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ३ सय ५५ अमेरिकी डलर  कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।