काठमाडौं - अघिल्लो दिन ७.९४ अंकले घटेको नेप्से परिसूचक आज १९.०४ अंकले बढेर २६८८.५५ विन्दुमा अडिएको छ । सेन्सेटिभ इण्डेक्स १.५७ प्रतिशतले बढेर ४५७.९३ विन्दुमा पुगेको छ ।
नेप्से दोहोरो अंकले बढेपनि कारोबार रकम भने बुधबारको तुलनामा घटेको छ । बुधबार १० अर्ब ६९ करोड मूल्य बराबरको सेयर कारोबार भएकोमा आज ३१४ स्क्रिप्सको २ करोड २३ लाख ९६ हजार ३२९ कित्ता सेयर ९ अर्ब ८२ करोड २० लाख ७० हजार ६८२ रुपैयाँमा खरिदबिक्री भए ।
आज एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो । ओम मेघाश्री फर्माक्यु्टिकल्सको सेयर १० प्रतिशतले बढ्यो । यसैगरी एनआईसी एसिया बैंकको सेयर ७.८० प्रतिशतले बढ्दा फर्वाड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ७.१५ प्रतिशत,ग्लोबल आईएमई बैंकको ६.१२ प्रतिशत र कुमारी बैंकको ६.०६ प्रतिशतले सेयर बढ्यो ।
बराही हाइड्रोपावरका लगानीकर्ताले भने सर्वाधिक गुमाए । सो कम्पनीको सेयर ९.९९ प्रतिशतले ओरालो लाग्यो । यसैगरी एमबीएल इक्विटी फण्डको सेयर ५.६७ प्रतिशतले घट्दा गरिमा डिवेन्चर २०८५ को ४.९० प्रतिशत र एसियन हाइड्रोपावरको सेयर ४.५६ प्रतिशतले घट्यो ।
कारोबार रकमका आधारमा नगदी ग्रुप पावर शीर्षस्थानमा रह्यो । सो कम्पनीको ६९ करोड मूल्य बराबरको सेयर कारोबार भयो । यसैगरी राधी विद्युतको ६० करोडको सेयर कारोबार हुँदा कुमारी बैंकको ४२ करोड,युनिभर्सल पावरको ४० करोड र माउन्टेन इनर्जीको ३४ करोड मूल्य बराबरको सेयर कारोबार भयो ।
चार समूहको उपसूचकबाहेक अन्यको उपसूचक सकारात्मक देखिएका छन् । बैंकिङ समूहको उपसूचक सर्वाधिक ३.८२ प्रतिशतले बढ्दा माइक्रोफाइनान्सको २.५८,म्युचुअल फण्डको ०.०६ र नन लाइफ इन्स्योरेन्सको ०.०० प्रतिशतले बढ्यो ।
आज होटल्स एण्ड टुरिजम समूहको उपसूचक सर्वाधिक २.६० प्रतिशतले घट्यो । कारोबारमा आएकामध्ये १०४ स्टक्सको मूल्य बढ्दा १४२ वटाको घट्यो । बाँकी एक स्टकको मूल्य भने स्थिर रह्यो ।


0 comment