काठमाडौं - अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । विगत तीन दिनदेखि स्थिर रहेको सुनको मूल्य आज (बुधबार) तोलामा पाँच हजार रुपैयाँले बढेको छ । चाँदी पनि प्रतितोला ५० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको छ । बुधबार चाँदी भने प्रतितोला एक हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १९ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन तीन हजार ३२१ डलरमा कारोबार भइरहे छ ।


0 comment