काठमाडौं - नेपाली बजारमा आज (बिहीबार) पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ६ सय रुपैयाँले बढेको हो ।

 तोलामा ६ सयले बढ्यो सुनको मूल्य

बुधबार तोलाको एक लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको सुन आज एक लाख ९२  हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने घटेको छ । चाँदी प्रतितोला १० रुपैयाँले घटेर १,९५५ रुपैयाँमा कारोबार भइरहेको छ ।