देशको चिन्ता गर्ने की सत्ताको ? यो विषयले अहिले आम नागरिकमा निकै चासो र चर्चा छ । राजनैतिक एवं सम्रग रुपमा देसको उन्नति प्रगति के होला ? कुन चाही तन्त्र वा वाद ठिक होला ? देसमा नै बस्ने कि विदेश जाने होला ? जागिर खाने कि ब्यबसाय के गर्ने होला ? महंगी, भ्रष्ट्रचार, बेथिति, कालोबजार, नातावाद, कृपाबाद एबम दलीय बाद कहिले सम्म  आदि प्रश्नमा रमल्लिएको नेपाली समाज एवं समग्र देशको अबको निकास के होला भन्ने अहिलेको बहस, चासो, चिन्ता  एबं चर्चा देखिन्छ । सरसर्ती हेर्दा विगतमा देश र जनताको हितमा जुन बलिदानी भयो र त्यसबाट प्राप्त उपलब्धीलाई हेर्दा अहिलेको आवश्यकता भनेको देसको व्यवस्था बदल्ने भन्दा पनि अबस्था बदल्ने हुनुपर्छ । 

अझै भन्नु पर्दा वर्तमान  देसको नेतृत्व वा राजनीतिक दलको कार्यशैली, सोचमा आमुल एवं निर्मम परिवर्तन ल्याउनु नै जरुरी छ । साथै हरेक क्षेत्रमा देखिएको  राजनीतिकरण बन्द हुनु पर्दछ । करिब ७० लाख जति बालबालिकाको शैक्षिक भविश्यलाई दाउमा राखेर २७ औ दिन सम्म शिक्षक आन्दोलन चल्यो । भलै सरकार र आन्दोलनरत शिक्षककाविच सहमति भयो । उक्त सहमति कार्यान्वयन हुने कुरामा अझै आसंकाहरु पनि त्यत्तिकै छन् । 
शिक्षा क्षेत्रलाई आमुल परिवर्तन ल्याउन विद्यालय, शिक्षकलाई राजनीतिबाट मुक्त बनाउने, शिक्षामा भएको राज्यको लगानीलाई सहि सदुपयोग हुने गरि सबैको काम, कर्तब्य र अधिकारलाई समट्ने गरि सामुदायिक बिध्यालयलाई सबैको भरोसा गर्न लायक बनाउदै गुणस्तरीय शिक्षा प्रदान गर्नु राज्यको दायित्व हो तर राज्यको काम प्रभावकारी नहुदा आज आम नागरिकमा निरासा मात्रै पैदा भएको छ । 
शिक्षक, अविभावक र विद्यार्थीसंगै नियामक निकायबीच राम्रो समन्वय हँुदा राम्रो शैक्षिक नतिजा आउने केही विद्यालयले आशाको किरण छरिरहेका पनि छन् । अहिले सामुदायिक विद्यालय विद्यार्थीको प्रतिक्षामा छन् भने अर्कोतिर अभिभावक रेस्टुरेन्ट को मेनु हेरेर खाजा ÷ खाना आफ्नो गोजी हेरेर खाने जस्तै आफ्नो छोराछोरीको सुन्दर भविश्य आफ्नो गाँस काटेर भए पनि शुल्क तिर्न बाध्य छन् । 
सामुदायिक तहमा शिक्षा, स्वास्थ्य जस्ता आधारभूत सवालमा जनताको सहज पहुँच पुग्ने हो भने उक्त श्रोत तथा साधन अन्य कार्यमा लगानी गर्न सकिन्छ । आफुले नियमित तिरेको कर को सदुपयोग भएको भान  हुन्छ । त्यसैले हो अब कुनै आन्दोलन, बिरोध, बहस हुन्छ भने भुइँमान्छेसँग प्रत्यक्ष सरोकार राख्ने वादको खोजीका लागि आम नागरिक छटपटीमा छन् । रोजगारी बढाउने, उद्यमशिला बढाउने बौद्धिक पलायन रोक्ने, श्रमको सम्मान र उचित सेवा सुविधा दिने होस् सबै खाले जातीय, लैङ्गीक वर्गीय विभेद अन्त्य होस् देशलाई कसरी सम्बृद्ध बनाउने सवालसँग वहस होस्, राजनीतिक दल वा दलीय विचारभन्दा माथि उठेर समर्थन वा विरोध गर्ने अभ्यासको खाँचो छ मुलुकमा ।  

कुनै एक दल वा व्यक्तिलाई जयजयकार गरेर उसलाई शक्ति एवं सत्तामा पुर्याउन गरिने घृणित खेलमा जनताको दिमाग भुटेर गरिने कुनै पनि हर्कत एवं आलोपालो देशलाई दहन गर्नेलाई साथ नदिई एक स्वतन्त्र ,स्वाभिमानी नागरिक बनी वर्तमान गतिरोधलाई अन्त्य गर्ने आफ्नो आफ्नो ठाउँंबाट सचेत कदम चालौ, खवरदारी गरौ, नेपाली भुइ मान्छेको आवाजलाई बुलन्द गरि समृद्ध नेपालको यात्रालाई अझै प्रभावकारी बनाउन आवश्यक छ ।