काठमाडौं - सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई सरकारले निलम्बन गरेको छ । उनले संवेदनशील सूचना चुहावट गरेको भन्दै निलम्बन गरिएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले उल्लेख गरेका छन् । मन्त्रालयले तीन दिनभित्र जाँचबुझ सम्पन्न गरी प्रतिवेदन पेस गर्न जाँचबुझ अधिकृतसमेत तोकेको छ।

एआईजी दाहालले निजामती तथा प्रहरी कर्मचारीहरूले पालना गर्नुपर्ने पदीय आचरण प्रचलित काम नगरेको गृह मन्त्रालयका प्रवक्ता  काफ्लेद्वारा विज्ञप्ति जारीमा उल्लेख छ । पदीय आचरणविपरीतको कार्य गरेको भन्दै कारबाहीका लागि मन्त्रालयमा सिफारिस गरिएको थियो।