काठमाडौं - स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ७ सयले घटेको छ ।

मङ्गलबार प्रतितोला  एक लाख ८८ हजार ८०० मा कारोबार भएको पहेँलो धातु  एक लाख ८८ हजार १०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य प्रतितोला  ५ ले घटेर एक हजार ९६५ कायम भएको छ । मङ्गलबार पनि सोही परिमाणको चाँदी  एक हजार ९७० मा कारोबार भएको थियो ।  
    
अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार तीन सय १० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।