अमर के.सी

राज्य व्यवस्था प्रणलीको स्वरुपमा एकात्मक  संघीय राज्य प्रणलीबाट राज्य संरचनाहरु भएका हुन्छन् । यसको विशेषतालाई मुख्यत देशको राजनितिक भौगोलिम सामाजिक क्षेत्रको आधारमा राज्य व्यवस्थाको सन्तुलन समृद्धि र विकासका लागी संरचना तथा निर्माण गरिएको हुन्छ  । राज्यमा कुनै पनि संरचना त्यसको औचित्य र अपरिहार्यता हनु पर्ने मुद्याहरुलाई राजनितिक,भौगोलिक र सामाजिक दृष्टिले सन्तुलित बनाएको हुनुपर्दछ ।
 
कुनै पनि सिद्धान्त वा वादमा आधारित रहेर मात्र जनताको समृद्धि गर्ने आधार निर्माण हुन सक्दैन । त्यसकारण संघीय राज्यका अवधारणले मात्र समग्र राष्टको विकास गर्ने सकिन्छ भने तथ्य फरक कुनै आधार मान्न सकिन्छ भन्ने पनि होइन संघात्मक प्रणलीको भित्र राजनितिक सन्तुलन नभएमा अस्थिरता र अन्तयमा राष्ट्र विभाजन हुने खतरा समेत पैदा हुन सक्दछ । सामाजिक द्धन्द्ध असन्तुलन अवस्था उत्पन्न भएमा गृहयुद्धको सम्भावना पैदा गर्दछ ।

भौगोलिक सीमा विवादका कारण समग्र विकास थता निर्माण कार्यमा अवरोध पैदा गर्न सक्दछ । संघीय प्रणली अन्त्य खर्चिलो र विविध समस्याको थैलो पनि हो । त्यसकारण संघीय राज्यकै अवधारणमा सार्वभौम राष्ट्रमा पार्न सक्ने दुरगामी प्रभावलाई विचार गरि राज्यको अस्तित्व स्वीकार गर्नु पर्दछ ।

विद्रोही शक्त्ति र राजनितिक दलहरुले आम सहमतिबाट असमानुपात्तिक विकास कार्यक्रमलाई भगं गर्ने र दण्डहिनता सृजना गर्ने राजनितिक वा गैर राजनितिक तत्वहरुलाई समाप्त गर्ने हो भने यो राष्ट्रले भारतको विहार राज्यले जस्तै राजनैतिक काँचुली फदै यथाशिघ्र सन्तुलित राजनितिककोृ गति लिन सक्दछ ।

संघीय राज्यको अवधारणको औचित्य सबै पक्षमा सन्त्ुलन नगरी राजनितिक स्वार्थका लागी मात्र राज्यलाई संघीय संरचनामा स्थापित गरिन्छ भने यस कार्यबाट देश विभाजन हुने निश्चित छ । संघीय राज्यको पुनसंचनाको वहस सगैसगै आत्म निर्णयको अधिकार प्राकृतिक श्रोतसाधनमा संघीय राज्यको स्वामित्व तथा राजनितिक र आर्थिक क्षेत्रको हस्तक्षेपबाट केन्द्रिय सकारको अधिकार स्थापित गरियो भने संघीय गणतन्त्रको उपनिवेशको मान्यता प्राप्त गर्न उन्मुख रहन सक्ने प्रवल सम्भावनाहरु देखा पर्न सक्दछ ।

देशको सावैभौम स्वाधीन रेहका सम्पदालाई राष्टघाती सम्झौता मार्फत छिमेकीहरुलाई बुझाउदै जाने देशलाई नाम मात्रको पशिचान वा समाथ्र्यको आधारको बहानमा भौगोलिक विभान गर्ने हो भने पनि यो संघीय राज्यहरु मथि विभिन्न परिबन्दमा पार्दै आफनो अनुकुल स्वार्थ थोपर्न संघीय राज्यहरु खेक्रो र कमजोर बन्दछ । जसकाकारण देशमा शान्ति  र समृद्धिको सटा द्धन्द र पीडा मात्र  जनताको हात लाग्न सक्ने छ । यस बारे समग्र जनता सजग हुनुपर्दछ ।