काठमाडौं - स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य १ लाख ९१ हजार कायम भएको छ ।

यो मूल्य हालसम्मकै उच्च हो । यसअघि अघिल्लो बिहीबार प्रतितोला सुनको मूल्य १ लाख ९० हजार ६ सय रुपैयाँ पुगेको थियो ।

आज सुनको मूल्य बढेपनि चाँदीको भाउ भने स्थिर छ । चाँदी एक तोलाको १९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।