काठमाडौं - नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेको छ ।
आज छापावाल सुनको मूल्य तोलामा एक लाख ७३ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार छापावाल सुन तोलामा एक लाख ७४ हजार १०० रुपैयाँ कायम भएको थियो ।
यस्तै आइतबार तोलामा एक हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।


0 comment