रामशरण पाण्डे

नेपालको इतिहास करिब करिब पांच हजार बर्षको छ। त्यस बेलाको नेपालको सांस्कृति, मानव जिबन स्तर,र त्यस बेलाको कला कति परिस्कृत थिय । त्यसको लागि इतिहासको अध्ययन अनिवार्य छ। नेपालले कुन समयमा के के काम गर्दथ्यो ? के के उत्पादन गर्दथ्यो ? के के बेचेर पैसा आर्जन गर्दथ्यो नयाँ पिंढीलाइ कुनै चासो छैन ।

नेपालले त्यस बेलाको प्रविधिको बिकास गर्दै जानु ब्यापार गर्दै जानु त् पर जावस आज नेपाल हरेक क्षेत्रमा पछाडी फर्कदै छ। यो सबैको कारक तत्व भनेको २०४६ पछिको राजनैतिक ब्यबस्था नै हो।

आजको विज्ञानले ल्याएको अनेकौ सुख सुबिधा भए पनि नेपालको बिकास प्रगति नगन्य छ। त्यसैले त् आज नेपाली हरु अशान्त छन् दु;खी छन् बिचलित छन् मानबता खोक्रियको छ। नेपालमा रोजगारी छैन श्रम बेच्न बिदेशिन बाध्या छ। यो त् राजनीतिले नै निम्त्याएको होलानी ? यिनै नेतृत्वले निम्त्याएको होइन र ? र यस्तै गतिबिधि निरन्तर जाने हो भने सय बर्षको कुरा छोड्नुस २० बर्षमा नेपाल कति नर्क साबित हुन्छ सहजै अन्दाज गर्न सकिन्छ। यो हुनुमा नेतृत्वमात्र जिम्मेवार छैनन् यस्ता घटनाको लागि त् सबै कार्यकर्ताहरु जिम्मेवार छन्

यस्तो कुराको नजिकको र ताजा घटनाको उदाहरण त् अस्ति चितुवानमा भएको एमालेको मेलाले देखाउछ। आजकाल काठमाडौंमा उपस्थित कांग्रेसी भिडले पनि जनाउछ। २०४६ पछि यिनै कांग्रेस यिनै एमालेले भागबण्डामा सासन चलाएका थिय। त् किन नेपाल गरिब भयो ? यत्ति त् बिझ्नु पर्ने नै हो। तर यस्ता कुराको खोजि हुँदैन। आम कार्यकर्ता भ्रम बाट मुक्त हुन् सकेका छैनन् । मुक्त हुन् त्यति सजिलो छैन ।

नेपाल बिकसित हुनको लागि हरेक क्षेत्रमा आजको उपलब्ध रहेको बिज्ञान प्रबिधि लाई उच्च प्रयोग गर्दै नेपाली समाजको हरेक क्षेत्रका ,नेतृत्वमा बसेका पिंढी ले आफुलाई परिबर्तन गर्न जरुरि छ। तिनीहरु परिबर्तन भय मात्र नेपाली समाज परिबर्तन सम्भब छ। खालि कुराले परिबर्तन सम्भब छैन। अबको पढेलेखेको नयाँ पुस्ताले नेपाली इतिहासलाई गम्भीरता पुर्बक अध्ययन गरे भने, सुधार्नुपर्ने बिचार, ब्याबहारको बारेमा सोचे भने ,पुरानो आग्रह पूर्वाग्रह लाइ परिस्कृत गर्दै आबस्यक्ताको चुरो बाट न डकमगाई अगाडी बढ्न सफल भए भने निश्चय पनि नेपाल बिकसित हुनेछ। सम्पन्न हुनेछ। अन्यथा भबिस्यको पिंढी लाई हामीले पनि ठुलो अपराध गर्ने छौ। जसरि हाम्रा अगिल्लो पुस्ताले हामीलाई त्यो गलत सस्कार छोडेका थिय।

संसारले मानेको भगवान बुद्धले आफ्नो जीवनकोअधिकांस समय मानिसको जीवन र प्राणी मात्रको लागि पत्ता लगाएको शाश्वत शान्ति सुसभ्यताको मार्गलाई छाडेर मानब समाजलाइ सुख हुँदै हुँदैन। यदि त्यस लाई त्याग्ने हो भने हाम्रो जिबन हार, जित ,मै खाउ, मै लाउ, म मात्रै हाँसु, नाचू मेरो घर, छोरा,मेरी छोरी,खालि म र मेरो मा परिणत हुनेछ। आजकालको राजनीतिले यस्तै गतिविधिलाई थप टेवा दिन्छ। लुट्ले, भ्रष्टचारले र झुट्ले भौतिक सुख सम्मृदी त् होला तर जिबन सुखमय नहुन सक्छ । एउटा सनकी बहुला मानबको निर्माण मात्र हुने छ। जसले जिबन र जगतको भलो गर्दैन। जगतका कुरा छाडौ आफ्नै परिवारको हितमा कुनै काम गर्दैन। लुटको धनले बनेका जीवन आखिर नर्कमै जाने हो।

यस्तो मानब सभ्याता लाइ नै कलंक लगाउने जिबन सैली लाइ सुधार्ने र बौद्धिक बिकास गर्ने र सभ्याता लाइनै बदल्ने सक्ने प्रभाब साली खुराक भनेको इतिहासको ज्ञान हुनु हो। इतिहासले जहिले पनि असल र खराब छुटाउन मदत गर्दछ। तपाइँ इतिहासको ज्ञान राख्नुस असल बिचार अपनाउनुस, खराब लाई छाड्नुस तपाइले गरेको गल्ति जसले समाजमा नकारात्मक प्रभाब पारेको छ, त्यसलाई सुधार्न इतिहासले बाटो देखाई रहेको हुन्छ।

मानब समाज सुधार्नु छ इतिहास अध्ययन गर्नुस,अध्ययन संगै तपाइँ आफु पहिला सुधारिनुस समाज सुधार्न सजिलो हुने छ । त्यसैले त् विद्वानहरु भन्ने गर्छन, संसार बदल्नु छ पहिले तपाई आफु बदलिनुस अगाढी को बाटो आफै फराक र सहज हुनेछ।