काठमाडौं - इजरायलले मंगलबार गाजा पट्टीमा भीषण आक्रमण गर्दा कम्तीमा ३२६ जना प्यालेस्टिनी मारिएका छन् । 

इजरायलले गागा क्षेत्रभरी, जसमा दक्षिणी गाजामा खान युनिस र रफाह, उत्तरमा गाजा शहर र देइर अल-बलाह जस्ता मध्य क्षेत्रहरूमा भीषण आक्रमण गर्दा कम्तीमा पनि ३३० जना प्यालेस्टिनीको मृत्यु भएको अलजजिराले जनाएको छ । अलजजिराका अनुसार मारिनेमा अधिकांश महिला, बालबालिका र वृद्धहरू रहेका  छन् ।जनवरीको युद्धविरामपछि गरिएको यो भीषण आक्रमण हो ।

प्यालेस्टाइनका स्वास्थ्यमन्त्रीका अनुसार अरू थुप्रै पीडितहरू अझै भग्नावशेषमुनि छन् । हमासले इजरायलको आक्रमणलाई  युद्धविरामको एकतर्फी रद्दको रूपमा हेरेको  छ।इजरायलले आक्रमणको लहर सुरु गर्नुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसँग परामर्श गरेको ह्वाइट हाउसले पुष्टि गरेको छ ।

मानिसहरूले साना बालबालिकासहित घाइते व्यक्तिहरूसँग खान युनुसको नासेर अस्पतालमा स्ट्रेचरहरू दौडिरहेको फुटेजमा देखिन्छ । सेतो तन्नााले ढाकिएका शवलाई पनि अस्पतालको शवगृहमा लगिएको थियो ।

हमासका  अड्डाहरूलाई लक्षित गरी हमला गरिएको छ। यस आक्रमणमा हमासका उच्च सुरक्षा अधिकारी महमूद अबू वफाहको पनि मृत्यु भएको बताइएको छ।

२० जनवरीमा युद्धविराम लागू भएपनि यो हमला गजामा भएको अब तकको सबैभन्दा ठूलो हवाई हमला हो। गजामा युद्धविरामको समयसीमा थप लम्ब्याउनको लागि वार्ता असफल भएको र कुनै समझौतामा पुग्न नसकेको जानकारी प्राप्त भएको छ। स्थानीय बासिन्दाले बताए अनुसार, गजामा आक्रमण सुरु हुँदा रमजान महिना भएकाले धेरै मानिसहरू एक ठाउँमा भेला भएका थिए।