डा. शास्त्रदत्त पन्त
राजा महेन्द्रको म मरेपनि मेरो देश बाँचि रहोस् भन्ने भनाई उनको अन्तरमनको भावना हो, राष्ट्रबादको दिगो दर्शक हो । किनभने त्यो सास्वत सत्य हो, प्रतिबिम्ब हो । सरणार्थीको रुपमा हैदराबाद हाउमा बसेको बेलामा राजा त्रिभूवनलाई पुरा इण्डियाको राष्ट्रपति हुन बल्लभभाइ पटेलले गरेको प्रस्तावको झझल्कोबाट जन्मिएको हो । त्यस्तो मानसिकता बनाई रहनुमा राष्ट्र दोषी हो, सत्तासिन सरकार दोषी हो, सरकारको मानसिकता अराष्ट्रिया हो । तिनले चलाएको शिक्षा पद्धतिको दोष हो, सृजनशिलता ज्ञानको अभाव हो । भौतिक उपभोक्ताबाद र साम्यबादले मानवमनलाई एकोहो¥याउँछ, सृजनशिललाई दबाउँछ । बिदेशी सेनामा जागिर खानेदेखी अरबको खाडीमा तप्किनेसम्मका सबैमा यो कुरा लागु हुन्छ । बाहिर देखाबटी राष्ट्रबादको काम गर्ने वा राष्ट्रबादका पक्षमा भाषण गर्ने व्यक्तिको कोलीकै भरमा राष्ट्रबादी हुन सक्तैन । उस्को काम र व्यवहारले कुनै न कुनै राष्ट्रको माया गर्ने भावना र छोराछोरीको माया गर्ने भावना उस्तै उस्तै हुन्छन् । दूबैमा कुनै निहित स्वार्थ हुँदैन । छोराछोरी जति साना र असक्त अवस्थाका हुन्छन् त्यतिनै धेरै बढि माया भए झै मुलुक पनि जति बिपन्न र पछौटेपनमा रहेको हुन्छ त्यत्ति धेरै कढि माया मनभित्र बढ्नु पर्दछ । कसरी मुलुकलाई विश्वका सम्पन्न र विकसित मुलुकको हाराहरीमा लैजाने भन्ने हुनुपर्दछ ।
म एकजनाले पनि देश उचाल्ने काममा योगदान दिन सक्छु भनेर श्रमबेच्न बिदेशिनु भन्दा अदुवा काउली बिदेशीलाई बेच्ने भावना राखनु पर्दछ । विद्धान, बिज्ञहरु सम्पन्न मुलुकमा पलायन हुनुलाई राष्ट्रिय भावना भएको मान्न सकिदैन, तर त्यो मुलुकबाट शिप, ज्ञान वा क्षमता सिकेर आफ्नो देशमा केही गर्ने आसयले गएको छ भने त्यसलाई राष्ट्रयताको उद्गार हो । यो उद्गार किन सत्य हो भने व्यकित मर्दछ तर मुलुक वा माटो मर्दैन । आफु मरेपछि डुमै राजा भन्ने भावना राष्ट्रबादी होइन । आफु नरहँदैमा देशलाई वेवास्ता गर्ने भावना अराष्ट्रिय हो । यस अर्थमा आआफ्नो वौद्धिक तथा श्रमिक योगदान बिदेशकालागी गर्न बिदेशीने सबैलाई राष्ट्रवादी भावना भएको मान्न सकिदैन । बिदेशीने नेपाली दुइथरी हुन्छन् एकले बुद्धि बेच्छ र अर्कोले श्रम बेच्छ । बुद्धि बेच्नेहरुले जानीजानी राष्ट्रलाई घात गरेको छन् । तिनको बुद्धिले तिनी बसेको देशले जति प्रगति गरेको छ त्यति आफु जन्मेको देशलाई घात गरेको छ । जति त्यस देशको भौतिक वा अध्यात्मिक वा सामाजिक बिकास गर्न सघाएको छ त्यति आफु जन्मेको देशलाई नोक्सान गरिरहेको छ । श्रम बेच्नेहरुको राष्ट्रबाद अर्धचेतन सामाजिक सोचको उपज प्रकारबाट धेर थोर राष्ट्रको उपलबद्धि हुनु पर्दछ । दलका नाइकेमा आजभोली देखिने आडम्बरी राष्ट्रबाद पाइन्छ ।
तिनमा अबसरबाट पाइदालिने भाब हुन्छ । अबसरबादी राष्ट्रबाद सबैभन्दा खर्तनाक हुन्छ । दल बाहिरका आलोचकमा आडम्बरी र दलका सत्तासिन नाइकेमा अबसरबादी राष्ट्रबाद पाइन्छ, जुन अत्यन्त घातक छ । तिनमा अन्तरमनमा मुलुक हैन अबसर र स्वार्थको प्राधान्य रहेको पाइन्छ । सरिता र सुजाताको संसदमा दिएको अभिव्यक्त्तिलाई नमुना उदाहरण लिन सकिन्छ । प्राच्य संस्कार अनुसार ती दुवै मौलिक नेपाली नागरिक होइनन् । तिनलाई भावनाले प्रेरित मान्नु पर्दछ । नेपालमै रोजगार पएका बिबिध सेवाका कर्मचारीहरु पदको दुरुपयोग गरेर बिदेशको आवासीय वर्कपर्मिट लिएकाहरुमा भने अराष्ट्रिय भावना भएको स्पष्ट हो । त्यसलाई नाकाम गराउने सामान्य प्रशासनमन्त्री पण्डितको भावना राष्ट्रिय हो मुख्य सचिव भै सकेको मानिस नेपाल छोडेर बिदेशीको जागीर खान जानुलाई राष्ट्रिय भावना भएको मान्नु हुँदैहैन । मलाई लाग्दछ राष्ट्रियता अन्तरनिहित बस्तु हो । यो संस्कारजन्य रुपबाट अन्तकरणमा टाँसिएको हुन्छ । यसमा बनाएर बन्ने मात्रा कम र अनुस्मिृतिजन्य बढी हुन्छ । अथवा वाताबरीणय —(इन्भ्योरोन्मेन्टल) भन्दा बंशज —(हेरेडिटरी) गुणको बाहुल्य बढी हुन्छ ।
त्यसकारण अन्तरदेशबिचको विवाह र नागरिकता दिने विषय गंभीर मानिन्छ । जस्ले राष्ट्रलाई माया गर्दछ राष्ट्रलाई घात हुने काम गर्दैन त्यो राष्ट्रबादी हो । राष्ट्रबादीले भन्सार छल्दैन, राजस्व चोर्दैन, कमिशन खादैन, घूसश खादैन, जस्ले अपहरण गर्दैन,अरुको धन लुट्दैन, मिसवाटी ब्यावार गर्दैन, तस्करीको काम गर्दैन तर पनि निरन्तर कर्म गर्दछ ऊ राष्ट्रबादी हो । जस्ले आफ्नो मिहिनेतको कमाइबाट जीवनयापनको काम गर्दछ, देश बनाउने काममा ब्यघ्र हुन्छ, व्यस्त हुन्छ उस्ले सर्बत्र इमानदारिता बर्तन्छ, ऊ राष्ट्रबादी हुन्छ । यो अनायास मनभित्रैबाट कसरी आउदो रहेछ भन्ने कुरालाई ममा अनायास आएका केही घटनाले मलाई हनुभुत भएका थोरै प्रसंग उल्लेख गर्न चाहन्छु ।
बि.स २०२३ (१९६७) को कुरा हो । म संयुक्त राज्य अमेरिकाको विस्कनिसिन विश्व बिद्ययालय (म्याडिसन) मा सुपरभिजन एण्ड एडमिनिस्टे«शन विषय अध्ययन गरिरहेको थिएँ । त्यहाँ पढ्न गएकाहरुको पहिलो दिनको जमघट एक साँझ भएको थियो । जमघट परिचय दिने कार्यक्रम थियो । धेरै मानिस भएकोले परिचय छोटोमा दिने, तीन शब्दमा अर्थात् आफ्नो नाम, देशको नाम र देश चिनाउने एक बस्तुको नाम भन्ने निर्देशन थियो । मैले आफ्नो परिचय दिने क्रममा आफ्नो नाम, देशको नाम र त्यसपछि सगरमाथाको देश भने परिचय दिएको थिए । मेरो पछाडि परिचय दिने व्यक्ति न्युजिलैण्डका रहेछन् । उनले फटाफट आफ्नो नाम, देशकोनाम र त्यो सगरमाथा चढ्ने पहिलो ब्यक्ति हिलारी भएको बताए । मलाई हारको महसुस भएछ क्यारे अनासाय रोल मिचेर भनिहालेको थिएँ हिलारीलाईत तेन्जेङले डोरीले तानेर चुचुरोमा प¥याएका थिए । त्यसैले ठूलो हाँसोको लहर चलेको थियो । मलाई लाग्छ म भित्र नेपालको शान माथि नै हुनु पर्दछ भन्ने भावना थियो । त्यही त्यहाँ अनायस अभिव्यक्त हुन गयो । या भावना नेपालको गौरव विश्वमा उँचो राखिराख्ने भावनाले प्ररित कुरा हो ।
त्यो विश्व विद्यालयमा बर्षको एक दिन राष्ट्रिय पोशक दिवस (कस्टुम डे) मनाउने चलन रहेछ । सुन्दर तालको छेउमा अवस्थित क्यारल हलमा मेरो बस्ने व्यवस्था थियो । त्यहाँबाट विश्वविद्यालयको कक्षा संचालन हुने थलो पदैल दुरीमा थियो । म सधै हिडेर नै वि.वि.मा जाने गर्दथे । त्यहाँ हरु पनि नेपाली थिए तर राष्ट्रिय पोशाक लगाउने म मात्र हुन पुगेछु । क्यारल हलबाट वि.वि.सम्म विभिन्नखाले पसल थिए । त्यस दिन जब म विश्वविद्यालयतिर जाँदै थिए, तिनीहरुले मलाई बाटोमा रोके, हात मिलाए, परिचयम मागे र भला कुसारी गरे । तिनीहरुमध्ये धेरैले के भने भने तिमी यसैबाटोबाट हिडेको त हामीले देखेका थियो तर तिमीलई भारतीय ठानेर बोलाएका थिएनौ । हुन पनि हो, म भारतीय बंगाली बिहारी जस्तै कालो रंगको थहुँगोरो मानिस छु । तिनी मध्ये दूईजना पसलेले त तिनका घरमा साँझ चियाखान समेत बोलाएका थिए । नेपालबारे जानकारी हासिल गरेका थिए । तर मलाई भारतीय ठानेर मलाई नबोलाएको भन्ने कुतुहलता जागि रहेको थियो । त्यसबारे मैले त्यहाँ खोजिनीति गर्न सकिन । यति मात्र महसुस गरे भारतयि नागरिकको अमेरिकामा राम्रो प्रभाव रहेनछ । उनीहरुले राम्रो छाप छाडेका रहेनछन् । बि.सं. २०२३ (१९६७) को कुरा हो ।
केही महिना पछि विश्वविद्यालयमा प्रस्तुतति—कलाको प्रयोगात्मक कक्षा भएको थियो । त्यसमा कन्ट्री पेपर प्रस्तुत गर्न लगाइएको थियो । मेरोभन्दा पहिले बम्बैका (त्यसबेला मुम्बैलाई बम्बै भनिन्थ्यो) डा.ज्ञानचन्द्र भाटले भारतको पेपर प्रस्तुतगर्दा सगरमाथा भएको देश भनेर प्रस्तुत गरेका थिए । मैले तत्कालै बिरोध गरे, कडा बिरोध गरे । वि.वि. अधिकारीले थामथुम पारेर कक्षा संचालन गर्न खोजे । म मानिन । उनले त्यही सार्बजनिक रुपमा माफी नमागे मैले कक्षा बहिस्कारगर्ने कुरा गरेपछि उनले माफिमागेका थिए । अहिले मलाई लाग्छ, त्यसो गर्नु पर्दछ भनेर कुनै नेपाली अधिकारीले मलाई प्रशिक्षण दिएका थिएनन् । त्यस्तो उत्तरदायित्वको ओहोदा मैले बोकेको थिइन । म हाईस्कुलको हेडमास्टार मात्र थिएँ । अरु कसैले चासो लिएका थ्एिनन् मलाई चासो किन परेको थियो ? आज पनि म आफैलाई आफै सोधि रहेको छु । तँ नेपाली भएर नेपालीको हित हुने कुरामा आवाज उठाउनु पर्दैन ? हो, पर्छ । नेपाल छिमेकीबाट अन्यायमा परेकाछ भनेर निरन्तर चासो जागि रहेको छ ।
सत्तामा बस्नेलाई निरन्तर झकझकाई रहनु पर्छ भन्ने लागेको छ । त्यसैले निरन्तर कलम चलाई रहेको छु । सत्तामा बस्ने कसैले पनि मलाई स्याबासी पनि दिएका छैनन् । बरु गाली गर्दछन् । म आफै आफ्नो जीवन खतरामा राखिरहेको छु । जोखिम मोलेर यो काम किन गरि रहेकोछु म आफैलाई थाहा छैन । दिन मैले मेरा यस्ता खाले प्रकाशित पुस्तक आफ्नो पसलमा अनुरोध गरेको थिए । उनले लामो भाषण छाँटे । उनले पुस्तक पसलमा राख्न इन्कार गदै भने तपाईहरु जस्ताले गर्दा नेपालीले दुःख पाएका छन् । नेपाल भारतमा मिसिएर के हुन्छ ? अहिले १२ लाख पर्ने गाडी ३ लाखमा चढ्न पाइन्छ । हामीले बम्बै कलकत्तामा गएर व्यापार गर्न पाउँदछौ । आदि आदि । मुर्खलाई राष्ट्रियताको शिक्षा दिनु भन्दा ढसङ्गालाई दिनु असल भन्ने ठानेर फर्के । अध्यात्म रहित भौतिक शिक्षा पद्धतिको उपज ठानेर फर्किएँ । खरानी पारिएको वनमा कुनै बेला म पुनर्बासको आयोजना प्रमुख भएर बाकेको खजुरामा पुगेको थिएँ । वनको संरक्षण गर्ने काम वन विभागको हो । वन हटाएर पुनर्बास गराउने भएकाले मलाई वनप्रशासनको नजिक भएर काम गर्नु पर्दथ्यो । वन कार्यलया जिल्लाको सदरमुकामाम बस्दथ्यो, म भने वनभित्र नै बस्नु पर्दथ्यो ।
पुनर्बासको वरिपरी बाँकी वन थियो । त्यस बनमा सुकुम्बासीबाट अतिक्रमण भएको खवर पाएँ । मेरो पेट पोल्यो । त्यस दिन ड्राइभर विदामा बसेको थियो । एक जना सुरक्षा कर्मीलाई गाडीमा राखेर आफैले गाडी हाँकेर हतिक्रमणस्थलमा पुगे । त्यहाँ तीनशय जति मानिसले खुँडा, खुकुरी, बञ्चरो लिएर वन कटान गरि रहेका थिए । अर्कातिर फाँडिएका वनमा आगो लगाई रहेका थिए । आगोले झाडी घाँस—घु¥यान मात्र डढाएको थिएन, आगोले सलक्क परेका नाम्ले फेदका सालका रुख पनि पोलिएर खरानी पारिएको थियो । शयौं बर्ष घामपानी सहेर अग्राख परेका हजारौं क्युबिक फीट काठ डढाइएको थियो । खरानीको थुप्रोमा रुखको आकार स्पष्ट देखिन्थ्यो । मलाई वन अतिक्रमण गरेको, दरिद्रताले सताइएका सुकुम्बासीको अवस्थाबाट हुने समबेदना भन्दा करौडौको सालमा रुख काटेर दुइचार हजारको अन्न फलाउने तिनको प्रबृत्ति देखेर आक्रोस चर्केर आयो ।
मैले तिनीहरुलाई फटाफट लठ्ठीले चुट्दै रसियन जीपमा कोच्न थालें । अठार बिस जनालाई कोचेपछि अफिसमा ल्याएर सुरक्षा गार्ड भित्र थुनें । म फेरी बाँकीलाई लिन अतित्रमित ठाउँमा गएँ । त्यहाँ सबै भागि सकेका थिए । म रित्तै फर्किएँ । थुनिएकालाई कोर्राले चुटें । कस्को उक्साहटमा अतिक्रमण गराइएको हो भनेर वयान लिएँ । तिनले दुइजना प्रधान पञ्च र एकजना सांसदको नाम बताए । एक जना प्रधानपञ्च महिला थिइन् । उनी कार्यलयमा आइन र आफु संलग्न नचएको दलिल दिइन् । उनी वन र अञ्चलाधीशकहाँ पनि गएर आफु निर्दाेष भएको बताईन् । अर्का प्रधानपञ्च भागेर भारततिर गएर बसेको थाहा लाग्यो । सांसद काठमाण्डौतिर नै थिए । पछि ती दुबै जनाले ६ महिनाको जेल भोगेका थिए । आफ्नो जिम्मेबारी नै नभएको अवस्थामा पनि देशका नकारात्मक प्रबृत्तिप्रति जाइलाग्ने भावना स्वतः लाग्दो रहेछ, वनका अधिकारीले मलाई धन्यबाद पनि दिएनन् सायद तिनको मिलोमतो थियो । खुसि त्यस्मा लाग्यो ती अधिकारीले अर्काको कार्य क्षेत्रमा तिक्रमण गरेको भनेर मेरो बिरुद्ध मुद्दा चलाएनन् ।
यस्तो घटना भएपछि समान्यता तनाव हुँदो रहेछ । मनमा धेरै कुरा खेली रहेका थिए । ती मध्ये दुइटा कुरा अफै मनमा घुमि रहन्छन् । पहिलो कुरा म वनको अधिकारी होइन । त्यो काम मेरो कार्यक्षेत्र भित्रको थिएन । चित्त बुझाएँ मैले वनलाई सघाउन मात्र त्यो काम गरेको थिएँ । दोश्रो उनीहरुलाई कुट्ने हक मलाई थिएन । कुनै कानुनले पनि कुट्न पाइँदैन । त्यो मानव अधिकारको कुराले पनि पाइँदैन । मैले निधो गरें अब कुट्दिन कार्यक्षेत्र बाहिरको काम अक गर्दिन भनेर । आफुलाई निकै सभालदा सभाल्दै बिहानी पख निदाएछु । दिनभरी अफिसको नियमित कामगरेर तिनको बयानलाई निरन्तरता दिएँ । अञ्चलाधीशलाई खरब गरे । अर्काे दिन पनि थुनावमा राख्नु पर्ने अवस्था आयो । अधिकारीले पनि २४ घण्टाभन्दा बढी थुन्न हुँदैन म त अधिकारी पनि थिइँन । मैले गल्ती महसुस गरे । भोली वनमा बुझाइदिने लठारोमा नलाग्ने निधो गरे । साँझ थुनेर राखेको गार्डको चौकीमा गएँ । तिनलाई देख्ने बित्तिकै खानी परेका ठुलठुला सालका रुख सम्झे । करोडौको राष्ट्रिय सम्पत्ति पोलेको सम्झनाहुनासाथ मेरो मन पनि पाक्यो । रातभरी दिनभरी अफुलाई सभालेको मन बिथोलियो । मैले सबै कुरा बिर्सिएँ र आबेगमा तिनीहरुलाई कुटे । उनीहरु रोए कराए माफिमागे तर पनि मैले कुटिरहे । मलाई आबेग भयो । मैले साझँको खाना खान पनि सकिन । निदाउँन पनि सकिन । फेरी उही कुरा दोहोरियो । यी योरै प्रतिनिधि घटना हुन् । मेरो जिवनमा यस्ताखाले हजारौ घटना छन् ।
यस घटनासंग जोडिएको अर्काे पाटो संझिदा मलाई आज पनि भयंकर डर लाग्दछ । खुडा, खुकुरी, बन्चरो जस्ता हतियारले सुसज्जित ३०० जनाको माझमा म एक्लै गएर समात्ने र कुट्ने काम गर्ने आँट कसरी गरे ? यदि त्यो आजको अवस्था भएको भए मलाई ती सबैले किमा बनाएर त्यही वस्तीबाट टाढाको वन डढाएको मुस्लोमा खरानी बनाई दिने थिए । मेरो खोजी खबर पनि केही हुने थिएन । हद्दै भए मेरा परिवारले बाँसको लौरोमा मेरो फोटो झुण्डयाएर बेपत्ता पारिएकोले खोजिपाउँ भन्ने माग नेपत्थ्यमै रङ्गमङ्गिएको मात्र हुने थियो । हो, निष्काम भावले न्यायोचित काम ग¥यो भने मनमा डर जन्मदैन । मेरोकाम न्यायोचित थियो । ममा आत्मबल थियो । त्यही आत्मबलले सो काम साध्य भयो । वन अतिक्रमणकारीको काम अन्यायपूर्ण थियो, अराष्ट्रिय यियो । त्यसैले उनमा आत्मबल थिएन । त्यसैले मैले धेरैले नियन्त्रण गर्न सकेको थिएँ । मैले गरेको काम राष्ट्रिय भावनाले ओतप्रोत थियो ।
त्यसैले कार्य क्षेत्र बाहिर गएर गरेको काम भनेर कसैले औलो ठड्याउन पनि सकेन । कुनै कार्बाहीको प्रश्न नै उठेन । आज भएको भए संभवत जागीरबाट हात धुनु पर्ने थियो । शन्ति सुरक्षा र अमन चयनको कुरा गर्दा यही फरक थियो पञ्चायत काल र आजको नयाँ नेपालको लोकतन्त्रमा । अन्यायी दब्दथे न्याय गर्नेको शि ठाडो हुन्थ्यो । मेरो अचम्मको बानी रहेछ प्रकृतिले बनाएको बिचित्रको बानी । मलाई न्यायोचित र सत्य जचेको कुरा कसैको कुनै दबाबमा पनि छोडेन मन लाग्दैन । यसले देशलाई केफाइदा हुन्छ कि हुदैन मलाई थाहा छैन । तर म स्वयं आफु र आफ्नो परिवारलाई कुनै फाइदा पुग्दैन भन्ने कुरा मलाई थाहा छ । त्यतिमात्र हैन यो बनीले पद पैतिष्ठा र स्वैत धन समेत गुमेको छ । कुनै पनि सरकारले मलाई नकारात्मक ठान्दछ । म बिरोधीमा गनिन्छु । किनकि मैले हरेक सरकारका नराम्रा कुराको बिरोध गर्दछु । सबै सरकारका राम्रा कुराको समर्थन गर्दछु र कैयो कुराको संशोधन सहित समर्थन गर्दछु । किन हो कुन्नि ! मलाई त्यसै गर्न मनलाग्दछ । फलतः सबै सरकारले मलाई बिरोधीको खेमामा उभ्याउँदछन् ।
पञ्चायत कालमा म पञ्चायत बिरोधीमा गनिन्थे, साम्यबादीपक्षधरमा पनि गनिन्थे र राजा बिरोधी पनि गनिन्थे । काग्रेसको शासनमा म एमालेसंलग्न साम्यबादी गनिन्थे । आजभोली म राजतन्त्रपक्षधरमा गनिन्छु राष्ट्रबादीमा पनि होइन । भारतलाई असल छिमेकी र मित्र बनाउने मेरो प्रयत्न हो, तर तर भारत बिरोधीमा गनिन्छु । यसो हुँदा कहिल्यै पनि कुनै ओहोदा सम्मान वा पुरस्कार पाउने ठाउँमा पन्छिन्छु तर पनि म संन्तुष्ट छु । हुनत आजकल त्यो स्वतः हुदैन । चाकडी दलको बिश्वास पात्र र घुस नजराना दिएर गर्ने गरिन्छ जुन मेरो सिद्धान्त र निष्टा बिपरित हो । मेरो बिचारलाई सधै बिरोधीका बिचारमा गन्ने गरिन्छ । बिचारमा के छ ? किन छ ? कसरी छ ? भनेर सकारात्मक सोच भएको उत्तरदायित्व बहनगर्ने सचेत राष्ट्रभक्त सरकार बनेकै छैन बन्ने अवस्था पनि देखा परेको छैन । यो महसुस गरेपछि आफुलाई आफैले भिन्न बिचारको मानिस भन्न रुचाएको छु ।
सम्बत २०४५ (१९८९) मा भारतले नेपाललाई एक्कासी आर्थिक नाकाबन्दी गरेको थियो । मलाई त्यो अमानबीय अनैतिक अराजनीतिक र साँढेपन (बुल्लिइङ्ग प्रबृति) लागेको थियो । एउटा प्रजातान्त्रिक राज्यले अर्काे प्रजातान्त्रिक स्वतन्त्र राज्यमाथि गर्न नहुने काम गरेको थियो । एउटा भूपरिवेष्ठित मुलुकको कानुनी हकको बिरुद्ध बल देखाइएको थियो । त्यसको बिरुद्ध मैले सयौ लेख लेखेको थिएँ । सायद तिनै लेखको आधारमा होला मलाई इन्डिया टुडेमा प्रकाशित ७६ पृष्ट लामो प्रतिबेदनमा मेरो नाम पनि उल्लेख गरिएको थियो । मलाई भारत बिरोधी लेखक (एन्टी इन्डियन कलोमिष्ट) का नाममा उल्लेख गरिएको पाएँ । मैले भारत बिरोधी लेख लेखेको थिइन छैन । मैले त नेपालको हक अधिकारको कुरा मात्र उठाएको थिएँ । केवल न्याय अधिकार कानुनी र नैतिकताको कुरामात्र उठाएको थिए । आजसम्म पनि त्यही कुरा उठाएको छु । यस्ता कृयाकलापलाई प्राकृतिक न्याय र पूर्वीय धर्मदर्शनले अन्याय सहेर बस्नेलाई पनि जघन्य अपराधी मान्छ ।
मैले न्याय मागेको कुरा आफ्नो मुलुकको हक मागेको कुरा त प्रजातन्त्रको माग हो त्यो भारत बिरोधी लेखन होइन । इण्डियाले आफुलाई ठुलो प्रजातान्त्रिक देश माने पनि यस्को मानसिकता औपनिवेसिकबादी अँग्रेजको जह्स्तो छ । जुन शासन संस्कारमा हुर्कियो त्यस्को प्रबृत्ति र बुद्धि त्यस्तै हुँदो रहेछ । बिदेशी गुलामी संस्कारमा हुर्किएको भारतीय पीडी पचासौमा पुगेको छ । मलाई एन्टी इन्डियन कलोमिष्टको उपाधी दिएपछि मलाई रअ बारे थप खोज्ने र बुझ्ने प्रेरण जाग्यो । रअका काला कर्तुतबारे धेरै थाहा भयो । नाकाबन्दीका पालामा प्रकाशित लेखलाई सम्पादन गरेर एउटा किताब प्रकाशित गरे । त्यस पुस्तकको नाम थियो नेपालमा रअको चलखेल । त्यस पुस्तकले ठुलो जनसर्मथन पायो । बेस्ट सेलरमा गनियो ।त्यसपछि अबिरल हस्तक्षेप पैकाशित भयो । फेरी अँग्रेजीमा पनि माग आयो । आग्रेजीमा पनि पाँचवटा र नेपालीमा छ वटा गरी एक दर्जन किताब भारतका नकारात्मक गतिबिधिप्रति रोस प्रकट गरेर लेखिएकाछन् ।
पुस्तकको पैकाशनपछि मलाई के थाहा लाग्यो भने नेपाली दलीय शासकभित्र मात्र केही अराष्ट्रि भावना भएका दलाल हुँदो रहेछन् आम नेपाली जनतामा भने राष्ट्रियता भावना बलियो रहेछ । आजसम्म पनि नेपाली राजनितीमा सत्तामा बस्ने र तिनलाई मत हाल्ने आम नागरिकमा यही कुराकको भिन्नता कायम छ । नेपालको राजनीति तरल रहिरहने र आर्थिक रुपमा बिपन्न भई रहनुमा मुख्य कारण दलका दलाली शासन कायम रहनुले रहेछ । राष्ट्रियता कमजोर बनाउन इण्डियनकोभन्दा तिनको दलाली गर्ने बढि खतर्नाक छन् भनेर त्यस्लाई हटाउने केके गर्नुपर्दछ भन्ने कुरा हरेक पुस्तकमा पछाडिका दुइवटा अध्यायमा उल्लेख गरेर नेपाली पिडीलाई मार्गदर्शन गरिएकको छ । नेपालका शासन र नेपाली जनतामा यही बिभेद छ । यही कारण मलाई सकृय राजनीतिमा बस्न घृणा जन्मिएको हो ।पछि पाठकको के सुझाव आयो भने यो किताव अग्रेजीमा पनि हुनु पर्दछ । विश्वले सत्य र न्याय बारे थाहा पाउनु पर्दछ ।
मेकाउलेको शिक्षाबाट शिक्षित र भौतिकउपभोक्ताबादी व्यक्तिपरक (निजिकारण) शिक्षाबाट दीक्षित तथाकथित बिद्धानमा गलत पैबृत्ति छ उनीहरु पश्चिमाका भक्तछन् । बिदेशी गोरा छालाले भनेपछि विश्वास गर्छन् । सर्ब साधारण नेपाली पाठकको सुझावलाई मैले सही ठहराएँ । अनि नेपालीमा अबिरल हस्तक्षेप रअ को चलखेल २ र ३ प्रकाशित भए । त्यसका साथै नेपाल भारत सीमा समस्या नेपाल इण्डिया बोर्डर प्रब्लम र नेपालको निर्मल पानीमा जल राजनीति प्रकाशित भए । अग्रेजीमा कन्टीन्युअस इन्टरफेरेन्स म्याकिनेशन अफ रअ इन सौथ एसिया इल्लुजन अफ इन्डिपेनडेन्स भोलुमहरु प्नि प्रकाशित भए । सबै पुस्तकका सबै सामाग्रीलाई पाठकले मन पराएका छन् । सकारात्मक सहयोग गरिरहेका छन् । मलाई मेरो कलमप्रति सन्तोष लागेको छ । १२ बुदे दिल्ली समझदारी पछि नेपालमा उत्पन्न बिकराल राजनीतिक आर्थिक प्रशासनिक संकटले देशको स्वतन्त्र अस्तित्व स्वाधिनता सार्बभौमिकता माथि गंभीर आँच आउन थालेपछि । समय सापेक्ष्न रुपमा पुस्तकहरु प्रकाशित भैरहेका छन् ।
त्यसले नेपाली नागरिकमा राष्ट्रियताको भावना जागेको छ तर सत्तामा पुगेका मन्त्री सांसद र दलका नेताहरुले मेरो कलमबाट तिनको कमाइमा घाटा भएकोले बाधा ठानेको पाएको छु । अब जनता नउठी देश बँच्दैन । कुरो नबुझी जनता उठ्दैन । बुझेको बिद्धान र राजनीतिक दलका नेता जो रअ र मिशनरीको तलबी फण्डमाछन् तिनले पढुन भनेर नलेखेको पनि होइन । सर्ब साधारण जनता राष्ट्रभक्त छन् । तिनले पौरखी संस्कारका स्वाभिमानी नेपाली भएर नेपालको भविष्य सदाकोलागी सुनिश्चित गराउन् चाहन्छन् । विश्वमा उत्कृष्ट र समुन्नत नेपाल बनाउन चाहन्छन् मैले लेखेका प्रकाशित अप्रकाशित गरेर डेढशय पुस्तकहरु सबै नै राष्ट्रियता सम्बर्धन गर्न र नेपाल विश्वमा उच्चतम स्तरमा रहने बनाउनाकालागि लेखेको हुँ । भावी पुस्ताले यस्तो पनि घटना घटेको रहेछ भन्ने अभिलेख सुरक्षित रहोस् भनेर लेखेको हँु । यस्ले कलम चलाउने राष्ट्रभक्तलाई आँट थपिएको छ । जनताले नेपालको हित नहुने सरकारका गतिबिधिमाथि निगरानी गर्न थालेको छन् । मेरो कलमको मिहिनेत खेर गएको छैन भन्ने लागेको छ ।

0 comment