काठमाडौं - नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ। शनिबार मध्यरातदेखि लागू हुने नयाँ समायोजनअनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँले मूल्य घटाइएको छ।

नयाँ मूल्यअनुसार अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १६३ रुपैयाँमा तथा डिजेल र मट्टीतेल १५१ रुपैयाँमा उपलब्ध हुनेछ। इन्डियन आयल कर्पोरेशनबाट १५ मार्चमा प्राप्त नयाँ खरिद मूल्यअनुसार मूल्य घटेर आएको हुँदा निगम सञ्चालक समितिको निर्णयअनुसार समायोजन गरिएको निगमका प्रवक्ताले जनाएका छन्।