काठमाडौं - अमेरिकाले अवैधरुपमा बसोबास गरेका १० नेपालीलाई चार्टर विमानमार्फत बुधबार फर्काउँदै छ । आधिकारिक कागजात नभएका उनीहरु बुधबार(भोलि) बिहान काठमाडौं आइपुग्नेछन् ।
डोनाल्ड ट्रम्प दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएपछि अमेरिकाले अवैध आप्रवासी निष्कासनलाई तीव्रता दिएको छ । अमेरिकी वायुसेवा कम्पनीको ग्रिफोन एयरको सानो विमान बुधबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जनाइएको छ ।
माघ ७ गते ट्रम्पले दोस्रो कार्यकाल सम्हालेयता नियमित अन्तर्राष्ट्रिय उडानबाट कागजातविहीन नेपाली आउनेक्रम जारी छ । अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख तीर्थराज भट्टराईले ट्रम्पको कार्यकाल सुरु भएयता विमान नै चार्टर गरेर नेपालीलाई पठाइन लागेको पहिलो पटक भएको बताए ।
यसअघि गत मंसिर ३० मा पनि अमेरिकाले चार्टर विमानमार्फत ८ जना जनालाई नेपाली पठाएको थियो । अमेरिकाले त्यहाँ अवैध रुपमा बसोबास गरेका ठुलो संख्याका भारतीय नागरिकलाई पनि केही हप्ताअघि चार्टर विमान मार्फत सम्बन्धित प्रदेशमा पुर्याएको थियो ।



0 comment