काठमाडौं - अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीमा सोमबार बिहान एक नेपालीले श्रीमती र छोरीको हत्या गरेका छन् ।
श्रीमती र छोरीकोको हत्या पछि ज्वाइँलाई आक्रमण गर्दै गर्दा प्रहरीले गोली चलाउदा प्रहरीको गोली लागेर उनको पनि मृत्यु भएको छ ।
५० वर्षीय छत्रबहादुर थापाले परिवारका सदस्यहरूमाथि १० इन्च लामो धारिलो हतियार प्रहार गरेको थियो । ज्वाइँ घाइते छन् । घटना फेयरफ्याक्स काउन्टीस्थित पर्सिमोन ड्राइभस्थित अपार्टमेन्टमा भएको हो ।
घटना देखेपछि छत्रबहादुरका ज्वाइँ ३५ वर्षीय सन्तोष कुमार बस्नेतले प्रहरीमा खबर गरेका थिए । छत्रबहादुरले ५१ वर्षीया पत्नी बिन्दा थापा र ३१ वर्षीया छोरी ममता थापाको हत्या गरेका हुन् ।
छत्रबहादुरले ज्वाइँ सन्तोषलाई पनि आक्रमण गरेका थिए । प्रहरीले छत्रबहादुरलाई सन्तोषमाथि आक्रमण गरिरहेको बेला पक्राउ गरेको हो ।
प्रहरीले हतियार फाल्न आदेश दिँदा नमानेपछि गोली चलाउँदा छत्रबहादुरको पनि मृत्यु भएको हो ।
घाइते सन्तोषको अवस्था गम्भीर छ । परिवारका सदस्य एक वर्षीय शिशु भने सुरक्षित छन् । परिवारको पृष्ठभूमि आपराधिक नभए पनि यो घरभित्रैको यो वीभत्स हत्याकाण्ड देखेर प्रहरी नै अचम्मित भएका छन् ।


0 comment