सत्तारुढ आम आदमी पार्टी (आप) २२ सिटमा खुम्चिएको छ । चुनावमा आप प्रमुख तथा पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल पराजित भए । केजरीवाल भाजपाका उम्मेद्धार प्रवेश वर्मासँग ४ हजार ८९ मतान्तरले पराजित भएका हुन । दिल्लीका उप पूर्व उपमुख्यमन्त्री मनिष सिसिदियाले पनि पराजय भोगेका छन् । उनी भाजपा उम्मेद्धार तरविन्दसिंह मारवाहसँग पराजित भए । मुख्यमन्त्री रहेकी अतिशि भने विजय भइन । 
भाजपाका तर्फबाट पछिल्लो पटक सन १९९८ मा सुषमा स्वराज मख्यमन्त्री बनेकी थिइन । सन १९९८ डिसेम्बर ३ मा मुख्यमन्त्री बनेकी झिला दीक्षितले ३ कार्यकाल चलाएकी थिइन । त्यसपछि केजरीवालले शासन गरेका थिए । दिल्लीमा लगातार जित्दै आएको आम आदमी पार्टी यस पटकको निर्वाचनमा निकै कम्जोर देखियो । सन १९९८ देखि २०१३ सम्म दिल्लीमा लगातार सरकार चलाएको कांग्रेस भ्रष्टचारको आरोपपछि दिल्लीबाट पाखा लागेको थियो । 

आपले पनि शिक्षा स्वास्थ्य विद्युत खानेपानी लगायतमा दिल्लीवासीलाई राहत दिएकाले चुनावी परिणाम आफ्नो पक्षमा आउनेमा आसावादी थियो । दिल्लीका सचेत जनताले ३ कार्यकाल आपलाई साथ दिए । तर यस पटक भने उनीहरुले भाजपालाई सत्तामा ल्याएर आपलाई सवक सिकाइ दिएका छन् । 

सन २०१५ मा केजरीवालले ६४.१४ प्रतिशत मतसहित विजयी भएका थिए । सन २०२० को निर्वाचनमा आम आदमी पार्टीले दिल्ली विधान सभाको ६२ सिटमा जित निकालेको थियो भने भारतीय जनता पार्टी ८ सिटमा मात्रै विजयी भएको थियो । २०२० को चुनावमा भने आपले ७० सिट हात पारेको थियो भने भाजपाको भागमा ३ सिट मात्र परेको थियो । पछिल्लो समय भने केजरीवाल लगायत आपका वरिष्ठ नेताहरुमाथी भ्रष्टचारको आरोप लागेको छ । भारतमा गत वर्ष भएको लोकसभा चुनाव अघि केजरीवाल जेल परेका थिए । उपमुख्य मन्त्री मनिष सिसौदिया पनि जेलमै थिए । केजरीवाललाई दिल्लीको मदिरा नीतिमा अनियमितता भएको मामिलामा प्रवर्तन निर्देशनालय (इडि) ले गत मार्च २१ मा पक्राउ गरेको थियो । पक्राउपछि विपक्षी दलले विरोधीलाई निसाना बनाउन मोदी सरकारले एजेन्सीको दुरुपयोग गरेको भन्दै आलोचना गरेका थिए । 

केजरीवाल गत सेप्टेम्बर १३ मा धरौटीमा रिहा भएका थिए । 
भारतको निर्वाचनको नतिजाले आम आदमी पार्टीलाई स्तब्ध पारेको छ । स्वयम अरविन्द केजरीवालले समेत आफ्नो सिट सुरक्षित गर्न नसक्नु जस्तो दुखद पक्ष अरु के हुन सक्छ । केजरीवालले आफ्नो र आफ्नो दलको पराजयलाई स्वीकार गरेर एक जनतान्त्रिक छविको परिचय भने अवश्य दिएका छन् । मुलुकलाई बदल्न भनेर राजनीतिमा आएका केजरीवाललाई उल्टै राजनीतिले बदली दियो । भ्रष्टचार विरोधी मुहिम छिडेका उनी अन्ततः भ्रष्टचारकै आरोपमा बन्दी बनाइए । दिल्लीमा आम आदमी पार्टीको पराजय के यो पार्टीको अवसानको प्रस्थान विन्दु हो त ? अहिले नै यसो भन्नु हतार सायद हुन सक्छ । १२ वर्षको सत्तायात्राले उनलाई पनि अरु जस्तै नैतिकताको चमक गुमाएका राजनीतिज्ञहरुको लाइनमा लामवद्ध गरिदिएको छ । केजरीवालको पराजय ती तमाम राजनीतिज्ञहरुलाई एउटा राम्रो पाठ हो जो आफूलाई पार्टी र सामुहिक जनताको बुद्धी भन्दा ठूलो ठान्छन् । आम आदमी पार्टीको सबै भन्दा ठूलो कम्जोरी यो मतदातामाझ नयाँ र फरक पार्टी भन्ने विशिष्ट नैतिक पुँजी थियो । समकालिन राजनीतिमा भारतका थोरै पाटीले मात्र आफ्नो मुल्य त्यागो । पार्टीका सबैभन्दा इमान्दार समर्थक र कार्यकर्ताले नेताप्रति विश्वास गुमाएपछि यो कमजोर बनेको थियो । यस्तो स्थिती भारतीय जनता पार्टीले १९८४ को संसदीय आम निर्वाचनमा भोगेको थियो । 

देशव्यापी संसदीय चुनावमा भाजपाले जम्मा २ सिट मात्र मुस्कीलले जित्न सकेको थियो । हुन त आम आदमी पार्टीको कुनै वाद वा विचारधारा बोकेको पार्टी हैन । तर यसको एक निश्चित नैतिक सदगुण र उत्तरदायित्व थियो । यही नैतिक दवावका कारण आमले सन २०१५ र २०२० मा भारी बहुमत हासिल गरेर निर्वाचन जितेको थियो । आम आदमी पार्टीले पराजय भोग्नु परेको अर्को महत्वपूर्ण कारण हो पार्टीका नेताहरुमाथी भ्रष्टचारको आरोप लाग्नु हो । भ्रष्टचारको आरोपले केजरीवालको छवि धमिलियो । मदिरा लाइसन्स जारी गर्दै घुस लिएको प्रकरण पाटीैको घाटी समात्ने गंगटो सावित भयो । यस प्रकरणमा केजरीवालका सहकर्मी मनिष सिसौदियासंजयसिंह लगायत लामो समय जेल परे । सिसमहल विवाद केजरीवालको प्रतिष्ठानमाथीको ठूलो र अन्तिम धक्का सावित भयो । विगतमा अरु नेताहरुको सम्पत्ती र विसाल बंगालाका आलोचना गरेर नथाकोको केजरीवालले आफू बस्ने आवासमा करोडौ खर्च गरेको यहाँ तथ्य थाहा पाएपछि धेरै मतदाता विच्किए । राष्टिय राजधानी नयाँ दिल्लीमा आम आदमी पाटीको उदयको सवभन्दा ठूलो स्तम्भ मध्यम वर्ग थियो । यस वर्गको आम आदमी पार्टीप्रति मोह भंग हुदै गयो । पछिल्ला घटनाहरुले यो वर्गलाई पार्टी त्याग गर्ने सहज बनाइदियो । 

अघिल्लो विधानसभा चुनावमा आम आदमी पार्टीको सबभन्दा ठूलो सम्पत्ती यसको निस्वार्थ स्वयमसेवक बल थियो । यस पटकको निर्वाचनमा स्वसयमसेवक बलको खासै उपस्थिती रहेन । यो बल छिन्न भिन्न भयो । भारतीय जनतापार्टीको राष्ट्रिय स्वयमसेवक संघले चुनावी माहोललाई आफ्नो पक्षमा सहजै पार्यो । आपको स्वयमसेवक बल विस्तारै निस्क्रीय प्रायः बन्दै गयो । दस वर्षको अवधिमा स्वयमसेवक बलले आफ्नो प्रयोगमात्र गरिएको महसुस गर्यो । धेरै जसो आफ्नो पूरानो काममा फर्किए । त्यसो त स्वयम सेवकको भरमा सधै पार्टी चल्नपनि सकेन । केजरीवालले पार्टीको संगठन विस्तार गर्ने तर्फ ध्यान दिएनन । कुनैपनि राजनीतिक दललले आफ्नो विचार सिद्धान्त मार्गनिर्देशन र रणनीति हुन्छ । केजरीवालको भ्रष्टचार विरोधी भाषण सुनेर दिल्लीवासीले उनलाई राम्रै विश्वास गरे । एक वेदाग नेतृत्व ठानेर दिल्लीका जनताले उनलाई प्रादेसिक साँचो सुम्पीए । तर दुभाग्र्य जसलाई जनताले अगाध विश्वास गरे उनैले गति छोडे । 

भारतीय राजनीतिमा आप र केजरीवालको उदय नाटकीय ढंगले भएको हो । आपको प्रभाव दिल्ली बाहिर पन्जावमा समेत पुगेको छ । त्यहाँ आपको सरकार छ । मोदीको गृहनगर गुजरातमा समेत आपले विस्तारै पटक बढाउदै लगेको थियो । गुजरातकै मतले आपले राष्टिय पार्टीको दर्जासमेत पायो । भारतका अन्य विभिन्न राज्यहरुमा पनि आपको आकर्षण देखिन थालेको थियो । यही परिवेसमा मदिरा लाइसेन्स वितरण अनिमितता र सिसमहल जस्ता कान्डले आपको ओराले यात्रा आरम्भ भएको छ । केजरीवालको व्यत्तित्वको चर्चा भारतमा मात्र सिमित थिएन । उनलाई विश्व राजनितिले चिन्यो । एक वेदाग र विकाससिल राजनीतिज्ञको परिचय उनले बुझाइ सकेका थिए । भारतभित्र उनी मादी राहुल गान्धी सँगै चर्चामा थिए । विस्तारै आपले भाजपालाई चुनौति दिन सक्छ भन्ने राजनीतिवृत्तको विश्लेषण थियो र छ पनि । तर दिल्ली विधान सभा निर्वाचन परिणामले आपलाई धक्का त दियो सुध्र्रिने अवसर भने अझै छ ।