राजाराम बस्नेत
नेपाल प्राकृतिक श्रोत र साधनले सम्पन्न मुलुक हो । हाम्रा यिनै श्रोत ,साधन सम्पदाहरु नै विश्वको आकर्षणका केन्द्रहरु हुन् । नेपाल पर्यटनको निम्ति निकै उर्वर भूमि हो । हाम्रा सांस्कृतिक ,धार्मिक, सामाजिक तथा ऐतिहासिक मूल्य र मान्यताहरु विश्वका अन्य मुलुकहरु भन्दा अलग छन् । हाम्रो देश नेपाल पर्यटनको गन्तव्य भूमि हो । वास्तवमा हाम्रो देशको विकास र समृद्धिको निम्ति पर्यटनको अह्म भूमिका रहन्छ । हाम्रो मुलुकको तीव आर्थिक विकास हुुनुको निम्ति नेपाल सरकारले पर्यटन ,कषि जलविद्युतको क्षेत्रमा विशेष जोड दिनुपर्दछ ।
अहिले नेपालले राजनैतिक हिसाबले निकै महत्वपूर्ण उपलिब्धहरु हात पारिसकेको छ । यद्यपि संस्थागत भने हुन सकेको छैन । अहिले नेपाल राजनैतिक हिसाबले सङक्रमणकालिन अवस्थामा छ । यसको प्रत्यक्ष असर औद्योगिक र व्यावसायिक क्षेत्रमा परेको छ । कृषि र पर्यटनको क्षेत्रमा परेको छ तर अवस्था सुध्रिदो क्रममा छ । अब नेपालमा लगानीको निम्ति अनुकुल र सुरक्षित वातावरण सृजना हुने र देश र जनता प्रति उत्तरदायि भएर लगानी गर्ने पाउनेमा व्यवसायि आशावादी छन् ।
नेपाललाई आर्थिक विकास चाहिएको छ । त्यो विकास अन्य मुलुकमा भएको विकास भन्दा भिन्न छ । हामीलाई चाहिएको विकास हाम्रा कला ,संस्कृति ,सामाजिक मूल्य मान्यतालाई संरक्षण गर्दै हामीसगँ उपलब्ध श्रोत र साधनको उच्चतम प्रयो्ग हुने गरी हामीले लाभ लिनुको साथै ती स्रोत र साधनलाई कति पनि असर नपर्ने गरी आउँदो पुस्तालाई समेत हस्तान्तरण गर्न सकिने किसिमको हुनुपर्छ । हामीलाई दिगो विकास चाहिएको छ ।
वातावरणलाई पर्ने असरलाई कम गर्दै सरकारले पर्यटन ,कृषि, जलविद्युत ,हवाइमैदान,रेलमार्ग, सडक लगायतको क्षेत्रमा अघि बढेमा विकासलाई अघि बढाउन सकिन्छ । त्यसको कार्यान्यवन सरकारी निजी बढाउन सकिन्छ ।नेपाल पर्यटनको निम्ति सुरक्षित गन्तव्य हो भन्ने सन्देश विश्वभर फैलाउनुपर्छ । हाम्रा लक्ष्य उदेश्य रणनिति र कार्यदिशाहरु स्पष्ट हुनुपर्छ । हामीले सकेसम्म विदेशी लगानी भित्रयाउनु भन्दा पनि स्वदेशी लगानीलाई नै प्रथामिकता राखेर अघि बढनु पर्छ ।
नेपालमा पर्यटनको प्रचुर सम्भवाना छ । हाम्रो नेपालको भौगोलिक स्थितिको आधारमा पर्यटनलाई विकास गर्न सकिन्छ । साहसिक पर्वतरोहण साइक्लिङ प्याराग्लाइडिङ लगायतका पर्यटनको विकास गरिनुपर्दछ । नेपालमा पर्यटनको विकासको साथ साथै यसको प्राकृतिक सुन्दरता र वातावरणीय असरलाई पनि ध्यान दिनुपर्छ ।
हाल नेपालीहरुको निम्ति बैदेशिक रोजगारी बाध्यता नै बन्न पुगेको छ । नेपालको आर्थिक स्थिति खस्कदै गएको अवस्थामा बैदेशिक रोजगारी नै रोजगारीको निर्विकल्प माध्यम भए पनि यसबाट नेपालले दीर्घकालिन लाभ लिन सकिदैन । तसर्थ दीर्घकालीन रुपमा राष्ट्रको आर्थिक विकास र समृद्धिको निम्ति सरकारले प्रावधिक रव्यवहारिक शिक्षा प्रणलीलाई आत्मसात् गरेर सोही अनुसार रोजगारी सृजना गर्न उपलब्ध श्रोत र् साधनको अत्यवधिक प्रयोगमा जोड दिनुपर्छ ।
नेपाल भौगोलिक दुरीको हिसाबले पश्चिमी देशहरु भन्दा धेरै नै टाढा छ । त्यो दुरी कम गर्नको निम्ति हवाइमार्गबाट सम्भव छ । अहिलेका मान्छेहरुसगँ समय निकै नै कम छ । त्यही सीमित समय भित्र नै हेर मनोरञ्जन लिन चाहनु मानवीय विशेषता हो । यदि पर्याप्त मात्रामा हवाइ सुविधा भई दिने हो भने नेपालमा भारत चीन लगायत अमेरिका र युरोपियन मुलुकहरुबाट नेपालका आउने पर्यटनको संख्यामा उल्लेख रुपमा बढ्न सक्छ । पछिल्लो समय यात्रा पनि जोखिम् पूर्ण बन्दै गएको र असुरक्षित रहेको सन्देश बाह्य मुलुकमा पनि पुगेको छ ।
यस बाहेक हामीले आन्तरिक रुपमा हवाई सेवालाई प्रवद्र्धन गर्न सकिएमा काठमाडौँमा आएको पर्यटकलाई मनाङ मुस्ताङका होटल पुगेर खान खाइ पुन तुरुन्तै काठमाडौ फर्कन सक्ने किसिमको वातावरण बन्न सक्छ । नेपालमा भएका पर्यटकीय स्थलको पहिचान गरी त्यसको प्रवद्र्धन गर्न सकिएमा यस क्षेत्रमा राष्ट्रको कायपलट नै हुन सकछ । यस क्षेत्रमा व्यापक रुपमा रोजगारी सृजना गर्न सकने सगँसगै गा्रमीण स्तरका जनताहरुको आर्थिक स्तर माथि उठायन सकिने नेपालको पहिचानलाई विश्वभर फैलाउन सकिने यस क्षेत्रको विकासको निम्ति नेपाल सरकार व्यवसायी ,राजनैतिक दल लगायत सबै सरोकावाला पक्षले साझा रुपमा प्रतिबद्ध भई लाग्नुपर्ने आवश्यकता छ ।

0 comment