काठमाडौं - थाइल्याण्डको बैङ्ककमा बुधबार बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । राजधानी बैङ्ककको पूर्वमा रहेको प्राचिन बुरी प्रान्तमा स्थानीय सरकारी अधिकारीहरूलाई लिएर फिल्ड ट्रिपमा गएका तीनवटा डबल डेकर बसमध्ये दुर्घटना भएको बस एउटा थियो।
१७ जनाको घटनास्थलमा स्थलमै र एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको समाचारमा जनाइएको छ ।प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार बसको ‘ब्रेक फेल’भएका कारण दुर्घटना भएको हो ।
त्यस बसमा ४९ जना सवार थिए । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार थाइल्याण्डमा सबैभन्दा बढी सवारी दुर्घटना हुने गरेको छ । यहाँ हरेक वर्ष लगभग २० हजार व्यक्तिको सडक दुर्घटनामा मृत्यु हुने गरेको छ । पूरानो र असुरक्षित सवारी साधन र चालकको लापर्बाही सडक दुर्घटनाको प्रमुख कारक मानिन्छ ।
गत अक्टोबरमा बैङ्ककको उपनगरमा एउटा विद्यालयका विद्यार्थी बोकेको बसमा भएको आगलागीमा परी २३ जनाको मृत्यु भएको थियो।


0 comment