काठमाडौं - भारतको ओडिसा राज्यस्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)ले प्रकृति लम्सालको नाममा नेपाली विद्यार्थीलाई विशेष छात्रवृत्ति प्रदान गर्ने भएको छ।
कलेजले बिहीबार एक सूचना जारी गर्दै लम्सालको सम्मान र संस्मरणका लागि उनको नाममा विशेष छात्रवृति प्रदान गर्ने घोषणा गरेको हो।
केआइआइटीका प्राध्यापक अच्युत सामन्तले प्रकृति राम्रो विद्यार्थी भएको स्मरण गर्दै उनीजस्ता अन्य विद्यार्थीलाई पढ्ने वातावरण प्रभावकारी बनाउनका लागि छात्रवृत्तिको घोषणा गरिएको बताए।
सामन्तले नेपाली दूतावासका काउन्सिलरहरू, नेपालका परराष्ट्रमन्त्री र गृहमन्त्रीसँग फोनमा कुराकानी गरी यस विषयमा गरिएका कारबाहीहरूको बारेमा जानकारी गराएका थिए। ओडिसा राज्यका शिक्षामन्त्री सूर्यवंशी सुरजले केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चितताको प्रतिबद्धता जनाएका छन्।
केआइआइटीको होस्टलमा यहीँ फागुन ४ गते झुन्डिएको अवस्थामा लम्सालको शव फेला परेको थियो। प्रकृतिको बुधबार राति नै नेपाल ल्याएर दाहसंस्कार गरिएको छ।


0 comment