जो आफु केहि गरौ भनेर सोच्छ, जागृत हुन्छ, क्रियाशील हुन्छ त्यस्लाई मध्दत, सहयोग समर्थन गर्नु पर्दछ भन्ने सिध्दान्तलाई अंग्रेजीमा ज्भउि तय क्भाि ज्भउि भन्छन । द्धितिय विश्व युध्द पश्चात उपनिवेषबाट स्वतन्त्र भएका मुलुकहरुले पनि विकाश गरुन, आत्मनिर्भर होउन भनेर विकाश र सहयोगको अन्तराष्ट्रिय राजनीतिको शुरुवात भएको थियो । कसैले आत्मनिर्भर वन्नको लागि पुजीवादी बाटो अपनाए, कसैले समाजवादी बाटो अपनाए अनि कसैले दुबै बाटो भन्दा फरक असंलग्न सिध्दान्त अपनाएर समृध्दिको बाटो खोज्न थाले । विश्व युध्द समाप्त भएको ८० वर्ष पुग्दा पनि सबैकोलागि समृध्दि आउन सकेन । सबैले अन्तराष्ट्रिय वजारमा आफ्नो वस्तु वा सेवा विक्रि गरेर ब्यापारबाट नाफा लिन सकेनन । ब्यपारघाटाको चंगुलमा निस्कनै नसक्ने गरी फसे । किन फसे भन्दा ब्यवस्थापनको कमजोरी देखियो । ब्यवस्थापन गर्न सक्ने राजनेता जस्ले पाए उस्को देश समृध्द भयो जस्ले पाएन उ डुब्ने बाटोमा अग्रसर भयो । नेपालको गति यहि भयो । ट्रान्सपेरेन्सिको प्रतिवेदनले भन्यो भ्रष्टाचारको कुरा गर्दा नेपालले ३४ अंक पायो रे । संसारको सबैभन्दा वढी भ्रष्टाचार गर्ने देशको सूचीमा नेपाल पर्यो रे । खरदार अनि सुब्बाको तहमा हुने भ्रष्टाचारको कारण यसो भएको त अवश्यै होइन होला । अर्को तर्फ नेपालको ब्यापारघाटाले सीमा नाघिसक्यो रे । १०० रुपैयाको निर्यात गर्दा १५०० रुपैयाको आयात गर्ने देशको सूचीमा नेपाल पर्यो रे । भनेपछि नेपाल सुशासन दिन पनि असफल अनि कमाएर खान पनि असफल, आफ्नो आन्तरिक श्रोतको परिचालन गर्न पनि असफल भएपछि अव नेपाललाई किन सहयोग गर्ने भन्ने प्रश्न अन्तराष्ट्रिय रुपमै उठन थालेको छ अरे । माग्ने लाई तातो भात किन दिन,े कतिञ्जेल दिने वरु माग्नेले मर्नुनै वेश भन्न थालेका छन अरे समृध्द देशहरु ।
पर्यावरण भन्दा जलवायु, माटो, बोट विरुवा र पशुपंक्षि मात्रै होइनन त्यहा वस्ने जनताको सस्कृति, कला, धर्म भाषा र सीप भन्ने समेत जनाउछ । जव त्यस देशका जनताले आफूले पाएको पर्यावरणको उचित संरक्षण र ब्यवस्थापन गरेर आत्मनिर्भर वन्ने बाटो रोज्दैनन भने उनीहरु अरुको दाश वन्न पुग्छन अहिले नेपाल र नेपाली त्यही बाटोमा अग्रसर छन् । दिनहु विदेशिएका युवाहरुको संख्याले अव यो देश रहनुपर्ने औचित्यनै समाप्त पारिदिइरहेको छ । राम्रा र योग्य मानिसहरु हाम्रा हुन भन्ने संस्कारको विकाश हुन दिएको भए देश समृध्दिको बाटोमा जान्थ्यो होला तर हाम्रा राम्रा हुने सस्कारको विकाश त भयो जस्ले देशको अस्तित्व नै समाप्त पारिदिन लाग्यो ।
२०४६ सालमा कृष्ण प्रसाद प्रधानमंत्री वन्दा मेलम्चीको पानी ल्याई काठमाण्डौको सडक धोइदिन्छु भन्दै समृध्दिको सपना उन्ले काठमाण्डौका जनतालाई वाडेका थिए । त्यो सपना ३ वर्षमा पुरा हुनपथ्र्यो यदि नेपालमा सक्षम ब्यवस्थापन र सुशासन हुन्थ्यो भने तर ३५ वर्ष लाग्यो त्यो योजना सम्पन्न हुन । योजनाको लागत कति गुणा वढ्यो कति । सबै राजनीतिक दलहरुको कमिसन खाने भाडो वन्यो त्यो योजना । योजना त सम्पन्न भयो तर पानी आउनु त कता हो कता वाढी पो आयो, पहिरो पो आयो गाउ शहर मात्रै वगाएन राजधानीको ववरमहल समेत डुब्यो । यो एउटा ज्वलन्त उदाहरण मात्रै हो । यसले हाम्रो देश संचालन गर्ने दल र तिनीहरुका नेताहरुको असक्षमतालाई समेत नराम्ररी छताहुल्ल वनाइदिएको छ । नेताको के दोष ? असक्षम भनेर देखि देखि, चिनी चिनी उनीहरुलाई वारम्वार मत दिएर विजयी वनाउने नेपाली मतदाताहरु जिम्मेवार होइन र यस्तो परिस्थिति आउनमा ?
सामरिक अनि रणनीतिक रुपमा मात्रै वलियो भएर हुदैन आर्थिक रुपमा पनि त्यतिनै बलियो हुनु पर्छ भनेर त्यस्को उदाहरण चीनले देखाइदियो । अमेरिकाले वल्ल कुरा बुझयो र अव दुबै पक्षमा बलियो वन्न पर्छ भन्दै उ अमेरिका फष्ट भन्न थाल्यो । अव वाच्न चहानेले आफनै बुतामा वाच्न सक्नु पर्छ होइन भने पहिचान गुमाउन पर्छ त्यस्को लागि तयार होउ भन्ने सन्देश अमेरिकाले दियो । अव उस्ले कसैलाई पनि सहयोग वा अनुदान नदिने आफ्नो देश छोडेर आउनेहरुलाई उनीहरुकै देश फिर्ता पठाइदिने नीति लियो । यस्ले अव कि गर कि मर, तेश्रो विकल्प छैन भन्ने सन्देश दिएको छ । यस कुरालाई नेपाली मतदाता ले बुझुन्, देशलाई तन मन र धन जस्ले दिन सक्छ उस्लाई रोजुन नत्र विदेशीको दाश हुन तयार भएर रहुन यहिनै नया विश्व ब्यवस्थाको सन्देश हो । हामीकाहा जसरी भ्रष्टाचार र असक्षमता छताछुल्ल हुदैछ त्यसरीनै हाम्रो स्वतन्त्र पहिचान पनि गुम्दै छ ।
0 comment