अमर के.सी

समृद्ध शान्त राजनितिक स्थायित्व कायम भएका राष्ट्रहरुमा धेरै जसो राजतन्त्रात्मक मुलुकहरु छन् भने विश्वका गरिब मुलुकहरुको पक्तिंतमा गणतन्त्रात्मक राष्ट्रहरु अग्रस्थानमा रहेको छ भन्न राष्ट्रसघंको तथ्याङले पुष्टि गरेको छ । संवैधानिक राजतन्त्र र प्रजातन्त्र भएको राष्ट्रव्रिटेन नर्वे स्वीडेन मोनाको बेल्जीयम हल्याण्ड डेनमार्क स्पेन लक्जम्वर्ग आदि युरोपियन देशहरु समृद्धशाली राष्ट्रहरु हुन भने जापान थाइल्याण्ड कुवेत बु्रनाई ओमन साउदी अरब कता बहराइन एसियाका समृद्धशाली राष्ट्रहरु हुन । यसै गरी अफ्रिका देशमा स्वाजील्याण्ड सहित राजतन्त्रात्मक भएको राष्ट्र धेरै समृद्धशाली राष्ट्र हो भन्ने कुरामा कसैको दुईमत छैन ।

राजनितिक विखण्डतार अधिनायकवादको खतरा गणतन्त्र नै बढी देखिन्छ । रुपमा जनताले बनाएको संविधानलाई फालेर कम्युनिष्ट नेता लेनिनले अधियानयकवादी शासन चलाएका थिए । जर्मनीमा जनताले बनाएको संविधान च्यातेर जनाबाटै उदाएका हिटलरले शासन सत्ता कब्जा गरेका थिए । हिटरलर स्टालिन लेनिन फिडेल क्याष्ट्रो, सोलिनी गद्याफी जस्ता तानाशाहरुले गणतान्त्रिक व्यवस्थामा एकछत्र शासन चलाए थिए । यी सबै अधिनायकवादको जन्म र विभिन्न रुपका तानाशाहहरु गणतन्त्रात्मक मुलुकहरुमा भयाभह रुपमा मौलाएका हुन् ।

सन्तुलित राजनितिक परिवेशमा सत्ता र विखण्डनका लागी भएको विद्रोहले समृद्धशाली राष्ट्रलाई धरायाशी बनाएका छन् । राजतन्त्रको विरुद्धमा सुरु गरिएको विद्रोहले सिक्किम राष्ट्रको अस्तित्व ने समापत भई टुङिगिएको घटना सिक्किमको राजनितिक परिवेशलाई हेरे पुग्दछ । यसैगरी देशमा द्धन्दसुरु भए पछि ईथियोपिया नाईजेरिया सुडान मोजाम्बिक सोमालिया कंगो पेरु रुवाण्डा सेनेगल हाईटी ग्वाटेमाला एल साल्भाडोर सियारा लियोन आदि मुलुकहरुका जनताले अभाव , अशान्ति युद्ध भोकमरी र विखण्डन भई पिडादायी जीवन विताउनु परेको छ । यी सबै राष्ट्रहरुमा गणतन्त्रात्मक शासन व्यवस्था लागु भए पश्चात राजनीतिक अस्थिरता अन्तराष्ट्रिय राजनितिक हस्तक्षेप  र प्रभावका कारण बढेका घटनाक्रमहरु ह्ुन् । यसैगरी धार्मिक साम्प्रदायिक भिडन्त उत्पन्न भई गणतान्त्रिक राष्ट्र विखण्डन भएको राष्ट्रहरु पूर्वी टिमोर र सुडानको घटनाले पुष्टि गरेको छ ।

राजतन्त्रबाट  गणतन्त्र हुदै विखण्डन भएका राष्ट्रहरु युगोलास्भिया बोस्नीयता हर्जगोभिना,सुडान राष्ट्रहरु हुन् । शान्त र समृद्धशाली राष्ट्रको बीचबाट साम्राराज्यवादी शक्तिको प्रमुत्व र साम्यवादी शक्तिहरु जुर्मुराएको  राजतिनिक अवस्थाबाट सृजना भएको राष्ट्रहरु विखण्डनको र अस्त्वि विहीन बनेका छ् । त्यसकारण यस्ता घटनाहरुको दुरगामी सोचलाई मध्यनजर गर्दे विशाल प्रजातान्त्रिक मुलुक अष्ट्रृलिया र क्यानडा सम्मान गर्नुलाई समग्र राष्ट्रको सार्वभौमिकतालाई मध्यनजर गरेर स्थापित गरेको परम्परा हो भन्ने बुझन् सक्नु पर्दछ । अत ः जसले सिद्धान्त र स्वार्थ भन्दा माथि राष्ट्र राष्ट्रियता हुन्छ भन्ने राष्ट्रवादी मूल्य र मान्यताको पाठ पनि सिकाई रहेको छ ।

साम्यवादी शक्तिहरु सत्ता र शक्तिका लागी राष्ट्रलाई विखण्डन गर्दै सिमित क्षेत्र वा भूगोललाई खण्डिकरण गरेर भए पनि एकदलिय अभिनायकवाद स्थापना गर्न उत्प्रेरित हुने गर्दछन ्। राष्ट्रवादीहरु राष्ट्रको स्वाधिनता र अखण्डतालाई सदैव सम्मान गर्दछन् भने उग्र साम्यावादी देशको द्धन्द साम्राज्यवादी शक्तिको आड भरोसामा राष्ट्रलाई विखण्डन गरेर भए पनि राज्य सत्ता हटाउने कार्य गरेका मुलुकहरु सुडान उत्तर कोरिया पुर्वी टिमोर,पोल्याण्ड पुर्वी जर्मृनी चेकोस्लोभाकिया रोमानिया हगेंरी अल्वानीया रुमानिया लगायतका तत्कालिन र समकालिन राजनितिक घटनाहरुले प्रष्ट गरेको छ । विश्वको इतिहासले सामा्रज्यवादी शक्तिहरुले साम्यवादी शक्तिहरुलाई परिचालन गरेर राजसंस्थालाई समाप्त पार्न कम्वोडिया र नेपालको राजनितिक घटनाक्रमलाई विश्लेषण गर्दा छर्लङग हुन सक्दछ ।